काभ्रेपलाञ्चोक । निर्माण व्यवसायी संघ, काभ्रेपलाञ्चोकको १५औँ साधारण सभा तथा ८औँ अधिवेशनबाट चौरीदेउराली गाउँपालिका–६ का अकुर प्रसाद गौतम अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
निर्माण व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएका गौतमले संघको नेतृत्व सम्हाल्दै निर्माण व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, पारदर्शिता तथा निर्माण क्षेत्रको व्यवस्थित विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।



संघको नयाँ नेतृत्व चयनका क्रममा सर्वसम्मतिको प्रयासलाई प्राथमिकता दिइएको थियो। सोही क्रममा गौतम अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो। उहाँसँगै निर्वाचित नयाँ कार्यसमितिले काभ्रेपलाञ्चोकका निर्माण व्यवसायीहरूका साझा समस्या समाधानका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
गौतमको नेतृत्वमा निर्माण व्यवसायी संघ काभ्रेपलाञ्चोक थप सुदृढ हुँदै निर्माण व्यवसायीहरूको पेशागत तथा व्यवसायिक हितमा प्रभावकारी रूपमा अघि बढ्ने विश्वास गरिएको छ।
नवनिर्वाचित अध्यक्ष अकुर प्रसाद गौतम तथा उहाँको सम्पूर्ण नवनिर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।




