एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेट अन्तर्गत फाइनलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।
मलेसियाको बायुमास ओभलमा जारी खेलमा नेपालले शानदार सुरुआत गरेको छ ।
टस जितेर ब्याटिङमा उत्रिएको नेपालका लागि ओपनरद्वय अर्जुन कुमाल र आसिफ शेखले पार्टनरसिप जमाउँदै नेपाललाई अगाडि बढाइरहेका छन् ।अहिले नेपालले १७ ओभरमा ८७ रन जोडेको छ । अर्जुन ३९ तथा आसिफ ४२ रनमा खेलिरहेका छन् ।



उपाधि विजेता टोलीले मात्र एसिया कपमा स्थान बनाउने भएकाले यो खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।




