शुक्रबार , असार २०, २०८२
बेशाहारा शवहरुको शाहारा बन्दै विनय जंग बस्नेत,१२ औं साधारण सभा सम्पन्न, – Yuwa Daily

बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रको १२ औं साधारण सभा सम्पन्न भएको छ । शनिबार संस्थाका अध्यक्ष विनय जंग बस्नेतको अध्यक्षतामा काठमाडौँको अनामनगर स्थित सामाजिक विकासको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बाग्मती प्रदेश सरकारका उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री एवं कार्यक्रमका प्रमुख अतिथि माननीय रामकृष्ण चित्रकारले सँस्थाले गरेको कामको प्रशंसा गरेका छन् । बेवारिसे अवस्थामा छोडिएका शवहरुको व्यवस्थापन गरेर सँस्थाले उल्लेखनिय काम गरेको भन्दै मन्त्री चित्रकारले स्यावासी समेत दिए । मुर्दालाई समेत जीवन प्रदान गरि शवहरुको व्यवस्थापन गरेको भन्दै पुनजीवन केन्द्रको कामलाई सलुट समेत गरे । यस्तै चित्रकारले यो काममा जुट्ने सँस्थाका सम्पूर्ण सदस्यहरूको सेवाप्रती आफू नतमस्तक भएको र आफूले सक्ने सहयोग गर्ने आश्वासन समेत दिए ।

यस्तै कार्यक्रमका विशेष अतिथि तथा बाग्मती प्रदेश सभाका सदस्य माननीय सुनिल के।सीले बेवारिसे व्यवस्थापन तथा पुनजीवन केन्द्रले सडकमा रहेका शवहरुको व्यवस्थापन गरि उच्च मानवीयता कायम गरेको प्रती खुसी व्यक्त गर्दै आगामी दिन हरुमा साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भनेका छन्, विश्व भरि कसैले नगरेको काम विनय जंग बस्नेतले गरेको बताएका छन्।

कार्यक्रममा सँस्थाका सँस्थापक अध्यक्ष विनय जंग बस्नेतले बेवारिसे व्यवस्थापन तथा पुननीवन केन्द्रले लामो समयदेखि बेशाहारा शवहरुको शाहारा बन्दै आएको र यो कार्यलाई निरन्तरता दिइरहने बताए । आफ्नो समुहले विभिन्न चुनौतीहरुको सामना गर्दै आजको दिनसम्म आइपुगेकोमा खुसी समेत व्यक्त गरे । बस्नेतले सम्पूर्ण नेपाली आम जनसमुदायको माया र हौसलाले आफ्नो कार्यमा सहयोग पुगेको समेत जानकारी दिएका छन्।

यस्तै उनले पुनजीवन केन्द्रले आगामी दिनहरूमा सबैको सहयोगमा अझै राम्रा कामहरु गर्दै जाने र बेवारिसे शवहरुलाई साँच्चिकै पुनजीवन दिने गरि काममा अझै सक्रिय रहने जानकारी दिए । यस्तै सँस्थाकी सक्रिय सदस्य पुजा विश्वकर्माले पुनजीवन केन्द्रको कामलाई सबैले मन पराएको र हौसला दिएकोले आफूहरूलाई काम गर्न सहज भएको बतएकी छिन् । आगामी दिनहरूमा पनि यो कामलाई अझै सक्रिय भएर अगाडि बढाउने उनको भनाइ रहेको छ।


कार्यक्रममा सामाजिक अभियान्ता देखी झक्रि सम्मको उपस्थिती रहेको थियो । यस्तै कार्यक्रमको अन्त्यमा लामो समय देखि सँस्थालाई सहयोग गर्दै हौसला प्रदान गर्ने सँस्था र व्यक्तिहरुलाई कदरस्वरुप सम्मान पत्र समेत प्रदान गरिएको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP