सोमबार , भाद्र २९, २०८३
रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु – Yuwa Daily

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान भएको दुर्घटनामा चालक र एक जना महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी बेदबहादुर पौडेलले जनाएका छन्।मृतकको पहिचान भइसकेको छैन ।

उनका अनुसार दुर्घटनामा परी थप चार जना गम्भीर र थप पाँच जना मध्यम घाइते छन् । दुर्घटनामा वडा सदस्य वलबहादुर पुन सहित ९ जना घाइते भएको खबर छ ।

आइतबार बिहान ८ बजे सानीभेरी गाउँपालिका–६ कोट बाट खलंगा जाँदै गरेको लु१च ६०२९ नम्बरको डबल क्याप जिप भीरबाट झन्डै १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइतेलाई थप उपचारका लागि सानीभेरीबाट सुर्खेतसम्म लैजान पालिकाले खर्च बेहोर्ने गरी हेलिकप्टर व्यवस्था गरिदिन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP