सोमबार , भाद्र २९, २०८३
निगमले अतिरिक्त सिलिन्डर खरिद गर्दा अर्को व्यक्तिलाई आवश्यक परेको ग्यास नपुग्न सक्ने भन्दै आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न अनुरोध – Yuwa Daily

नेपाल आयल निगमले आत्तिएर अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमले अतिरिक्त सिलिन्डर खरिद गर्दा अर्को व्यक्तिलाई आवश्यक परेको ग्यास नपुग्न सक्ने भन्दै आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न अनुरोध गरेको हो ।

निगमले गत वर्षका तीन महिना र चालु वर्षका तीन महिनामा बिक्री भएको एलपी ग्यासको तुलनात्मक विवरणसमेत सार्वजनिक गरेको छ । विवरणअनुसार २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५ सिलिन्डर बिक्री भएकोमा २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बिक्री भएको छ ।

त्यस्तै, २०८२ श्रावणमा ३१ लाख २१ हजार ४८ सिलिन्डर बिक्री भएकोमा २०८३ श्रावणमा ४० लाख ३६ हजार ३६४ सिलिन्डर बिक्री भएको निगमले जनाएको छ ।

२०८२ भाद्रमा ३३ लाख ५५ हजार ९६० सिलिन्डर बिक्री भएको थियो । चालु वर्ष २०८३ भाद्र २७ गतेसम्म ३७ लाख १३ हजार ८९४ सिलिन्डर बिक्री भएको निगमको तथ्याङ्क छ ।

दैनिक रूपमा आपूर्ति अवस्थाबारे जानकारी गराउने

निगमले आपूर्ति व्यवस्थालाई सहज बनाउन निरन्तर सक्रिय रहेको जनाएको छ । साथै, आपूर्ति तथा बजार अवस्थाबारे अद्यावधिक सूचना दैनिक रूपमा जानकारी गराउँदै जाने प्रतिबद्धता जनाएको छ । निगमले उपभोक्ताको धैर्य, सहयोग र समझदारीका लागि धन्यवादसमेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP