मंगलबार , भाद्र ३०, २०८३
ई–जीपी बन्द गरेर कागजी प्रक्रियामा फर्किनु गलत : कुलमान घिसिङ – Yuwa Daily

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले साइबर सुरक्षा जोखिम देखिएको भन्दै ई–जीपी प्रणाली बन्द गरेर पुनः कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन्।

घिसिङले ई–जीपीमा देखिएको सुरक्षा जोखिमको तत्काल पहिचान गरी आवश्यक प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, ब्याकअप र आपत्कालीन पुनःसञ्चालन प्रणाली सुनिश्चित गरेर प्रणाली सुरक्षित रूपमा सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।

उनले ई–जीपी बन्द हुँदा संघ, प्रदेश र स्थानीय तहका सयौँ सार्वजनिक खरिद तथा विकास निर्माणका काम प्रभावित हुने बताएका छन्। कागजी प्रक्रियामा फर्किँदा पारदर्शिता र प्रतिस्पर्धा कमजोर हुनुका साथै मिलेमतो, अस्वस्थ प्रतिस्पर्धा, दबाब र धम्कीजस्ता पुराना विकृति पुनः मौलाउने जोखिम रहेको उनको भनाइ छ।

घिसिङले भनेका छन्, ‘डिजिटल प्रणालीमा समस्या आउन सक्छ, तर त्यसको समाधान प्रणाली बन्द गर्नु मात्र हुन सक्दैन। सार्वजनिक खरिदमा पारदर्शिता र प्रतिस्पर्धा कमजोर हुने गरी हामी फेरि कागजी र अपारदर्शी प्रक्रियातर्फ फर्किनु हुँदैन।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP