आइतबार , अषोज ४, २०८३
तुर्माखाँद–७ को वडा कार्यालयमा कांग्रेसको अधिवेशन गरिएको विषयमा ज्वाला संग्रौलाको ध्यानाकर्षण – Yuwa Daily

अछाम । तुर्माखाँद गाउँपालिका–७, तोशीस्थित वडा कार्यालयमा नेपाली कांग्रेसको वडा अधिवेशन गरिएको भनिएको विषयमा माननीय ज्वाला संग्रौलाले ध्यानाकर्षण गराएकी छन्।

संग्रौलाले सार्वजनिक गरेको विवरणअनुसार नेपाली कांग्रेसका क्षेत्रीय सभापति पुष्प शर्मा, वडा सभापति गणेशबहादुर शाही तथा तुर्माखाँद गाउँपालिका–७ का वडा अध्यक्ष भीमबहादुर चलाउनेको नेतृत्वमा वडा कार्यालय परिसरमै अधिवेशन गरिएको जानकारी आफूलाई प्राप्त भएको उनले उल्लेख गरेकी छन्।

उक्त विषयमा प्रतिक्रिया जनाउँदै संग्रौलाले सरकारी वडा कार्यालय कुनै राजनीतिक दलको कार्यालय नभएको बताएकी छन्। सरकारी कार्यालय सार्वजनिक सेवा प्रवाह गर्ने साझा संस्था भएकाले त्यस्ता स्थानमा राजनीतिक दलका अधिवेशन, बैठक वा पार्टीकेन्द्रित कार्यक्रम सञ्चालन गर्न नहुने उनको भनाइ छ।

उनले सरकारी तथा वडा कार्यालयमा राजनीतिक गतिविधि सञ्चालन गर्न नहुने व्यवस्था रहेको उल्लेख गर्दै त्यसको पालना गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेकी छन्। साथै आगामी दिनमा कुनै पनि सरकारी कार्यालयलाई राजनीतिक दलका कार्यक्रमका लागि प्रयोग नगर्न/नगराउन उनले सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएकी छन्।

संग्रौलाले राजनीतिक दलहरूलाई आफ्ना संगठनात्मक गतिविधि सञ्चालन गर्ने अधिकार भए पनि सरकारी कार्यालयको प्रयोग भने सार्वजनिक संस्थाको मर्यादा र निष्पक्षतालाई ध्यानमा राखेर हुनुपर्ने बताएकी छन्।

यसैबीच, वडा कार्यालयमा अधिवेशन भएको विषयमा सम्बन्धित पक्षको आधिकारिक धारणा भने सार्वजनिक रूपमा प्राप्त हुन बाँकी रहेको छ। उक्त कार्यक्रम वडा कार्यालयभित्र कुन प्रक्रियाबाट आयोजना गरिएको हो भन्ने विषयमा सम्बन्धित स्थानीय तह वा वडा कार्यालयबाट थप स्पष्टता आउन बाँकी छ।

संग्रौलाले सार्वजनिक पदमा रहेका सबै व्यक्तिले सरकारी कार्यालयको मर्यादा र लागू नियमको पालना गर्नुपर्नेमा जोड दिँदै यस विषयमा आम नागरिकको समेत ध्यानाकर्षण गराएकी छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा


TOP