मंगलबार , अषोज ६, २०८३
दशकौँदेखि अलपत्र बुढीगंगाको विषयमा सदनमा ज्वालाको ऊर्जा मन्त्रीलाई प्रश्न – Yuwa Daily

काठमाडौं । सुदूरपश्चिमका अछाम र बाजुरासँग जोडिएको २० मेगावाट क्षमताको बुढीगंगा जलविद्युत् आयोजना निर्माणमा भइरहेको लामो ढिलाइबारे माननीय ज्वाला संग्रौलाले प्रतिनिधिसभामा सरकारको ध्यानाकर्षण गराउने भएकी छिन्।

दशकौँदेखि निर्माणको प्रतीक्षामा रहेको बुढीगंगा जलविद्युत् आयोजनाका कारण सुदूरपश्चिमका नागरिकले भोग्दै आएको विद्युत् तथा विकाससम्बन्धी समस्यालाई उनले सदनमा प्राथमिकताका साथ उठाउने भएकी छिन्।

सदनमा आफ्नो धारणा राख्दै माननीय संग्रौलाले प्रधानमन्त्रीको ‘कालो चश्मा’बारे हुने बहसभन्दा दशकौँदेखि सुदूरपश्चिमका जनताले भोग्दै आएको विकासको अन्धकारबारे बहस आवश्यक रहेको विषय उठाउने भएकी छिन्।

अछाम र बाजुराको काखैबाट बुढीगंगा नदी बग्ने भए पनि सोही नदीमा आधारित २० मेगावाटको जलविद्युत् आयोजना लामो समयदेखि निर्माणको प्रतीक्षामा रहनु विडम्बना भएको उनको भनाइ छ। “एउटा पुस्ता यही आयोजनाको नाम जप्दाजप्दै बूढो भइसक्यो, तर सुदूरपश्चिम अझै बत्तीमुनिको अँध्यारोमै छ,” भन्ने विषय उनले सदनमा उठाउने भएकी छिन्।

माननीय संग्रौलाले आफूहरूको चुनावी प्रतिबद्धता “२ वर्षमा बन्ने बाटो २० वर्षसम्म बन्दैन, तर अब डेढ वर्षमा बन्नुपर्छ” भन्ने रहेको स्मरण गराउँदै विकासका आयोजनाहरू वर्षौँसम्म अलपत्र पार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने विषयसमेत उठाउने भएकी छिन्।

चौथो पटक ठेक्का प्रक्रियामा गएको बुढीगंगा जलविद्युत् आयोजनालाई यसपटक समयमै सम्पन्न गर्ने सरकारको योजना र प्रतिबद्धताबारे उनले ऊर्जा मन्त्रीसँग स्पष्ट जवाफ माग्ने भएकी छिन्।

उनले ऊर्जा मन्त्रीलाई प्रश्न गर्दै भन्ने भएकी छिन्—

“मन्त्रीज्यू, चौथो पटक ठेक्का लागेको बुढीगंगा जलविद्युत् आयोजनाको निर्माण सम्पन्न गराई बत्ती बालेर उद्घाटन गर्न कहिले सुदूरपश्चिम जाँदै हुनुहुन्छ?”

बुढीगंगा जलविद्युत् आयोजना समयमै सम्पन्न हुनुपर्ने र सुदूरपश्चिमका जनताले दशकौँदेखि प्रतीक्षा गरेको विद्युत्को उज्यालो अब व्यवहारमै देखिनुपर्ने विषयलाई माननीय संग्रौलाले सदनमार्फत सरकारसमक्ष जोडदार रूपमा राख्ने भएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग


TOP