आइतबार , अषोज २५, २०८३
सत्कार होटेलकी सञ्चालक धना देवी चौखाल उपाध्यक्ष पदमा, व्यवसायीसँग मतको अपिल – Yuwa Daily

अत्तरिया, कैलाली । अत्तरिया उद्योग वाणिज्य सङ्घको यही २८ गते हुने निर्वाचनका लागि सत्कार होटेलकी सञ्चालक धना देवी चौखालले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।

लामो समयदेखि व्यवसाय क्षेत्रमा सक्रिय चोखालले व्यवसायीहरूको हकहित, व्यावसायिक वातावरणको सुधार तथा संस्थागत विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन्। सेवा, समर्पण र संघर्षको पहिचान बनाएकी चोखाललाई विभिन्न व्यवसायी तथा शुभेच्छुकहरूले समर्थन जनाउँदै आएका छन्।

उनको अनुभव, नेतृत्व क्षमता तथा व्यवसायीहरूको समस्याप्रति देखाएको प्रतिबद्धताका कारण उपाध्यक्ष पदका लागि बलियो उम्मेदवारका रूपमा हेरिएको छ।

यसैबीच, समर्थकहरूले सम्पूर्ण व्यवसायीलाई निर्वाचनमा अनिवार्य सहभागी भई धना देवी चोखाललाई मतदान गरी विजयी गराउन आग्रह गरेका छन्। आगामी नेतृत्वले अत्तरिया क्षेत्रको व्यापार, व्यवसाय र उद्यमशीलताको विकासमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP