मंगलबार , साउन ५, २०८३
मेयर ममदानीको अभिव्यक्तिपछि ट्रम्पको प्रतिक्रियास् ‘नेतन्याहू अमेरिकामा पक्राउ पर्ने छैनन् – Yuwa Daily

न्युयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई अमेरिकामा कुनै पनि अवस्थामा पक्राउ नगरिने बताएका छन्। न्युयोर्क सहरका मेयर जोहरान ममदानीले संयुक्त राष्ट्रसंघीय महासभा (यूएनजीए) मा सहभागी हुन नेतन्याहू न्युयोर्क आएमा पक्राउ गर्ने सम्भावनाबारे आफ्नो कार्यालयले विचार गर्न सक्ने बताएका थिए। त्यसपछि ट्रम्पले यस्तो प्रतिक्रिया दिएका हुन्।

ट्रम्पले सोमबार राति आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भने,बेन्जामिन नेतन्याहू अमेरिकामा रहँदा उनलाई कुनै पनि हालतमा पक्राउ गरिने छैन।

उनले नेतन्याहू इरानविरुद्ध लडिरहेको दाबी गर्दै लेखेका छन्,उनी इरानविरुद्ध लडिरहेका छन्, जसले हालै ५२ हजार निर्दोष प्रदर्शनकारीको ज्यान लियो। साथै, इरानले विगत ४७ वर्षदेखि अमेरिकी सैनिकहरूसहित धेरैको हत्या गर्दै आएको दाबी पनि ट्रम्पले गरेका छन्।

ट्रम्पले थप लेखेका छन्, पक्राउ त ती मानिसहरूलाई गरिनुपर्छ, जसले इरानलाई मृत्यु र विनाशको यस्तो अवस्थामा पुर्‍याए। उनका अनुसार यो विषय अघिल्ला अमेरिकी राष्ट्रपतिहरूले धेरै वर्षअघि नै समाधान गर्नुपर्ने थियो।

यसैबीच, अन्तर्राष्ट्रिय अपराध अदालत ९आईसीसी० ले सन् २०२४ मा प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायलका केही अन्य नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। उनीहरूमाथि ७ अक्टोबर २०२३ मा हमासको आक्रमणपछि गाजामा सञ्चालन गरिएको सैन्य अभियानका क्रममा युद्ध अपराध र मानवताविरुद्धका अपराध गरेको आरोप लगाइएको छ। नेतन्याहू र इजरायलले ती आरोप अस्वीकार गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP