काठमाडौं। नेपाली कांग्रेसले बीपी स्मृति दिवसको अवसरमा साउन ६ गते ५ किलोमिटरको ‘ग्रिन रन’ आयोजना गर्ने भएको छ।
कांग्रेसका सभापति गगन थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘ग्रिन रन’मा सहभागी हुन आम नागरिकलाई निमन्त्रणा दिएका छन्। जलवायु परिवर्तनसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताएका छन्।



भिडियो सन्देशमा थापाले भनेका छन्, ‘यही साउन ६ गते बीपी स्मृति दिवसको उपलक्ष्यमा नेपाली कांग्रेसको आयोजनामा ५ किलोमिटर ग्रिन रन हुँदैछ। म पनि दौडँदै छु, तपाईंलाई पनि दौडन निमन्त्रणा छ। आउनुस्, सँगै दौडौँ र जलवायु जनचेतना जगाउने अभियानमा सहभागी बनौँ।’
‘जलवायु जनचेतना जगाउन जुटौँ’ भन्ने नारासहित आयोजना हुने उक्त कार्यक्रममा सबै उमेर समूहका नागरिकलाई सहभागी हुन आग्रह गरिएको छ। कांग्रेसका अनुसार कार्यक्रमले जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने र वातावरण संरक्षणप्रति नागरिकको सहभागिता बढाउने लक्ष्य राखेको छ।







