मंगलबार , साउन ५, २०८३
प्रस्तावित निर्वाचन आयुक्तबारे आज संसदीय सुनुवाइ समितिको बैठक – Yuwa Daily

काठमाडौं। सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दैछ।

राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्त पदका लागि प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरीमाथि छलफल गरिनेछ। साथै, प्रस्तावित उम्मेदवारहरूले पेस गरेको कार्ययोजना पनि समितिका सदस्यलाई वितरण गरिने सम्भावित कार्यसूची रहेको छ।

गत असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिस गरेको थियो। त्यस्तै, निर्वाचन आयुक्त पदमा डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम पनि सिफारिस गरिएको थियो।

संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट प्रस्तावित नाम अनुमोदन भएपछि उनीहरूलाई राष्ट्रपतिबाट नियुक्त गरिनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

सिंहदरबार दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरेर एमाले अखिलको प्रदर्शन


TOP