आइतबार , अषोज २५, २०८३
सक्कली बिल लिने उपभोक्तालाई लखपति बनाउने अर्थ मन्त्रिको योजना – Yuwa Daily

काठमाडौं। सरकारले कर प्रणालीलाई थप प्रभावकारी बनाउन ‘सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस्’ अभियान सञ्चालन गर्ने भएको छ। अर्थमन्त्रीले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको जानकारीअनुसार अब मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर ९प्यान० प्रणालीमा आबद्ध व्यवसायबाट खरिद गरी सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गरिनेछ।

योजनाअनुसार एक सय रुपैयाँभन्दा बढीको सामान खरिद वा होटल तथा रेस्टुरेन्टमा गरिएको भुक्तानीको सक्कली बिल लिने नागरिकहरू योजनामा सहभागी हुन सक्नेछन्। बिलमा उल्लेख भएको नम्बर नै लक्की ड्रका लागि आधार बन्ने जनाइएको छ।

सरकारले हरेक दिन एक जना नेपालीलाई ‘लखपति’ बनाउने र प्रत्येक महिनामा दुई जनालाई बम्पर पुरस्कारस्वरूप १०–१० लाख रुपैयाँ प्रदान गर्ने जनाएको छ।

हाललाई प्रत्येक महिनाको १६ गते र अन्तिम दिन गरी पाक्षिक रूपमा लक्की ड्रको नतिजा सार्वजनिक गरिने अर्थमन्त्रीले जानकारी दिएका छन्।

सरकारले यो योजनामार्फत उपभोक्तालाई सक्कली बिल लिन प्रोत्साहित गर्दै कर छली नियन्त्रण, राजस्व संकलन वृद्धि तथा औपचारिक अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP