शुक्रबार , असार २०, २०८२
प्रधानमन्त्रीलाई धोका दिने काम मबाट हुँदैन : मन्त्री किराती – Yuwa Daily

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले अहिलेको समयमा नराम्रो काम गर्नु भनेको प्रधानमन्त्रीलाई धोका दिनु भएको बताएका छन् ।

बौद्ध जागरण केन्द्रले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन् । मन्त्री किरातीले भने, ‘यो सरकार प्रति आम जनताको आशा जागेको छ । प्रधानमन्त्रीले पनि हामी क्याबिनेट मन्त्रीहरुबाट ठूलो अपेक्षा राख्नु भएको छ । यो अवस्थामा मबाट प्रधानमन्त्रीलाई धोका हुने छैन । प्रधानमन्त्रीलाई धोका दिनु भनेको देशलाई धोका दिनु हो ।’

इतिहासमा यति धेरै काम भइरहेको र जनतामा आशा बिस्तारै जागिरहेको उनको भनाइ छ । उनले भने, ‘प्रधानमन्त्रीको यो स्प्रिडलाई समात्नु मेरो पहिलो कर्तव्य हो ।’

आफूलाई आफ्नै मान्छेहरुबाट नाजायज काम गराउन दबाब आएको भन्दै उनले भने, ‘तर म कदापि गलत काम गर्दिन बरु म पद त्याग्न तयार छु । दलालहरुले आफूलाई भेट्ने आँट नगर्ने भन्दै आफ्नै मान्छेको भेषभूषामा शिखण्डी बनेर आएका हुन् कि भन्ने शंका लाग्ने उनले बताए ।

देश भन्दामाथि आफू र आफ्नो पद नभएको उनको भनाइ छ । उनले भने, ‘राजनीति भनेको जीवनको सुख र भोग विलासका लागि होइन ।’ प्रचण्ड असाधारण मान्छे भएको भन्दै उनले परिवार क्षतविक्षत हुँदा समेत निरन्तर खटिएर राजनीतिको केन्द्र बनिरहन सक्नु प्रचण्डको गुण भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP