आइतबार , अषोज २५, २०८३
झापाका १८ परिवारलाई लालपुर्जा वितरण – Yuwa Daily

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले झापाको अर्जुनधारामा अव्यवस्थित बसोबास गर्दै आएका १८ परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गर्नुभएको छ।

जिल्ला भूमि समस्या समाधान समिति झापाले बिहीबार आयोजित कार्यक्रममा लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका परिवारलाई लालपुर्जा हस्तान्तरण गरेको हो। लालपुर्जा पाएसँगै ती परिवार कानुनी रूपमा जग्गाधनी बनेका छन्।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै देशभर लालपुर्जा वितरण अभियानलाई तीव्र बनाएको जनाएको छ। यसअघि बर्दियाको बढैयाताल र झापाको बुद्धशान्तीमा पनि भूमिहीन परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

सरकारले भूमिसम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्दै वास्तविक लाभग्राहीलाई कानुनी रूपमा जग्गाको स्वामित्व दिलाउने लक्ष्यका साथ कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP