आइतबार , अषोज २५, २०८३
इच्छाकामनाका ३४ भूमिहीन परिवारलाई लालपुर्जा वितरण – Yuwa Daily

चितवनको इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरिएको छ।

सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्दै लालपुर्जा वितरण कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।

लालपुर्जा वितरणसँगै लाभग्राही परिवारले आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्। यसबाट उनीहरूको आवासीय सुरक्षा सुनिश्चित हुनुका साथै आर्थिक तथा सामाजिक सशक्तीकरणमा समेत टेवा पुग्ने विश्वास गरिएको छ। सरकारले देशभरका योग्य भूमिहीन परिवारलाई जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP