शनिबार , असार २१, २०८२
ई-बैंकिङमा महिलाहरूका सशक्तिकरण गर्दै नारी टिभी फोटो फिचर – Yuwa Daily

काठमाडौं । नारी टेलिभिजन एचडीले महिलाहरुका लागि एक दिने वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ । नारीहरुका मुद्दाहरुलाई प्राथमिकतामा राख्दै आइरहेको नारी टेलिभिजनले बैंकिङ क्षेत्रमा समेत महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ ।

तालिममा बैंकिङ कारोबार कसरी गर्ने, बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने कुरा र बैंकिङ कारोबार गर्दा नागरिकहरुले भोग्नुपरेको समस्या र समाधानका विषयमा सम्पूर्ण जानकारी गराइएको थियो ।

तालिममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ११५ जना महिलाहरुको सहभागिता रहेको थियो । बैंकिङ कारोबारको विषयमा त्यति जानकारी नहुँदा विभिन्न ठगीका घट्नाहरु घटिरहेको समयमा नारी टेलिभिजनले गरेको कार्यक्रमले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका थिए ।

 

 

Nari TV , yuwa daily

naritv

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP