शुक्रबार , साउन १५, २०८३
बेपत्ता रेवन्त बिष्टको खोजी तीव्र बनाउन सांसद ज्वाला संग्रौलाको पहल जारी , प्रहरीको खोजी तिब्र – Yuwa Daily

काठमाडौं — अछामको मंगलसेन नगरपालिका–५ घर भएका रेवन्त बिष्टको खोजी कार्यलाई तीव्र बनाउन प्रतिनिधिसभा सदस्य ज्वाला संग्रौलाले निरन्तर पहल गर्दै आएकी छन्। अध्ययनका सिलसिलामा कीर्तिपुरमा बस्दै आएका बिष्ट करिब दुई महिनादेखि सम्पर्कविहीन छन्।

सांसद संग्रौलाले केही समयअघि प्रतिनिधिसभाको बैठकमै रेवन्त बिष्टको तस्बिर देखाउँदै सरकारसँग उनको खोजीलाई प्राथमिकताका साथ अघि बढाउन आग्रह गरेकी थिइन्। त्यसपछि प्रहरी प्रशासनले खोजी कार्यलाई थप सक्रिय रूपमा अघि बढाएको जनाइएको छ।

उनले आफ्नो तर्फबाट सम्भव भएसम्म सबै निकायसँग समन्वय गर्दै खोजी प्रयास जारी राखेको बताएकी छन्। यसक्रममा उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीसँग प्रत्यक्ष भेट गरी रेवन्तको अवस्थाबारे चासो व्यक्त गर्दै खोजी कार्यलाई प्रभावकारी बनाउन आग्रहसमेत गरेकी थिइन्।

शुक्रबार माननियको सचिवालय टिम सहित रेवन्त बिष्टका भाइले प्रहरी महानिरीक्षक कार्की सँग भेट गरेका थिए । यहि बिचमा प्रहरी महानिरीक्षक कार्कीले हाल खोजी कार्य तीव्र रूपमा भइरहेको जानकारी दिएका छन्। उनले उपलब्ध सबै संयन्त्र परिचालन गरी रेवन्तको खोजीलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP