आइतबार , साउन १७, २०८३
सिरहाको गोलबजारमा दिनभर कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म लागू नहुने – Yuwa Daily

सिरहा, जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आजका लागि खुकुलो बनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको समीक्षा गर्दै आज बिहान १०:०० बजेदेखि साँझ ७:०० बजेसम्म कर्फ्यु खुकुलो गरिएको हो।

प्रशासनका अनुसार स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्युलाई थप खुकुलो बनाउने वा पुनः लागू गर्ने विषयमा आवश्यक निर्णय गरिनेछ। कर्फ्यु खुकुलो भएको अवधिमा गोलबजार क्षेत्रमा सवारीसाधन सञ्चालनमा पनि सहजीकरण गरिने जनाइएको छ।

यद्यपि, सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै पाँच जनाभन्दा बढी व्यक्तिको समूहमा भेला नहुन प्रशासनले सबैसँग आग्रह गरेको छ।

सुनसरी घटनापछि उत्पन्न तनावका कारण गोलबजार क्षेत्रमा केही दिनदेखि कर्फ्यु आदेश जारी गरिएको थियो। पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रशासनले दिनको समयमा कर्फ्यु खुकुलो बनाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP