आइतबार , साउन १७, २०८३
धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य – Yuwa Daily

 सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो ।

संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ । यसपटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यतामा स्नातक अनिवार्य छ ।

यससम्बन्धी राजपत्रकमा प्रकाशित सूचनामै भनिएको छ, ‘स्वकीय सचिवको योग्यता प्रचलित कानूनबमोजिम नेपाल सरकारको सम्बन्धित श्रेणी/तहको कर्मचारीको लागि तोकिएको आवश्यक न्यूनतम योग्यतासरह हुनेछ ।’

कुन तहको कर्मचारी भनेर राजपत्रमा प्रकाशित सूचनामै खुलाइएको छ । जहाँ सुविधाको किसिम अन्तर्गत सांसद्का लागि प्राप्त हुने स्वकीय सचिव (रा.प.तृ.) हुने भनिएको छ ।

रा.प.तृ. भन्नाले नेपालको निजामती सेवामा राष्ट्रसेवक राजपत्रित तृतीय श्रेणी भन्ने बुझाउँछ । यो शाखा अधिकृत वा सो सरहको अधिकृतस्तरको पद हो ।

राजपत्रांकित तृतीय श्रेणी (रा.प.तृ.) शाखा अधिकृत) पदका लागि लोक सेवा आयोगले तोकेको शैक्षिक योग्यता अनुसार स्नातक तह उत्तीर्ण गरेको हुनुपर्छ ।

यसअनुसार सांसद्का स्वकिय सचिव नियुक्तिको निर्णय भए/नभएको हेरेर संसद् सचिवालयले जानकारीमा लिने र अखिलेख राख्न थालेको हो ।

यही साउन ४ गते नै यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित भएको हो । सोही बेलादेखि सांसदहरूका लागि स्वकिय सचिव नियुक्तिको बाटो खुला

यसका लागि सांसदहरूले स्वकीय सचिव नियुक्त गरेर त्यससम्बन्धी फारम भरेर संसद् सचिवालयमा बुझाउनुपर्छ । संसद् सचिवालयले ‘स्वकीय कर्मचारी र परिचारक नियुक्तिका लागि भर्नुपर्ने फारम विवरण’ वेबसाइटमै राखेको छ ।

जसअनुसार सांसदहरूले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरेर फारम भर्नुपर्छ ।

जसमा संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७३ बमोजिम आफ्नो स्वकीय कर्मचारी परिचारक नियुक्त गरेको भनेर स्वकीय सचिवको नाम लेख्नुपर्छ । साथै, त्यसरी नियुक्त गरेको स्वकीय सचिवको परिचयपत्र बनाइदिन र पारिश्रमिकको व्यवस्था गरिदिनहुन अनुरोध गर्नुपर्दछ ।

विवरणमा स्वकीय सचिवको नाम र थर, जन्ममिति भर्नुपर्छ । फोटो साथमा राख्नुपर्छ । लैंगिकता खुलाउनुपर्छ । नागरिकता नम्बर, नागरिकता जारी भएको जिल्ला, प्रदेश, स्थानीय तह र वडा खुलाउनुपर्छ ।

यसैगरी अस्थायी ठेगाना पनि खुलाउनुपर्छ । शैक्षिक योग्यता पनि खुलाउनुपर्छ । अनि नियुक्त भएको पद खुलाउनुपर्छ । स्वकीय सचिवले सोही पद खुलाउने गरी फारम तयार छ । स्वकीय सचिव परिवर्तन गरेपछि वा हटाउनुपरेको अवस्थामा त्यससम्बन्धी विवरण भर्ने गरी समेत फारम व्यवस्थित गरिएको छ ।

नियुक्ति मिति कहिले हो, पारिश्रमिक प्राप्त गर्ने बैंकको नाम के हो, खाता नम्बर कति हो त्यो पनि खुलाउनुपर्छ । साथै,स्वकीय सचिवले स्थायी लेखा नम्बर, मोबाइल नम्बर, वैवाहिक स्थिति पनि खुलाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP