सोमबार , साउन १८, २०८३
म एउटा सांसदले समेत साइबर ब्यूरो धाइरहँदा मैले त न्याय पाइन भने दुर दराजका जनताले कसरी न्याय पाउला : ज्वाला संगौला – Yuwa Daily

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला संग्रौलाले आफू सांसद भइसक्दा समेत वर्षौंदेखि साइबर अपराधको शिकार हुनुपरेको र न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । सोमबार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै सांसद संग्रौलाले फितलो साइबर सुरक्षा र प्रहरीको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन् ।

बैठकमा आफ्नो मोबाइलमा एउटा पुरानो स्क्रिनशट देखाउँदै उनले भनिन्, “म एउटा सांसद भइसक्दा समेत न्यायका लागि साइबर ब्युरो धाइरहनु परेको छ । मैले त न्याय पाइनँ भने यो देशका दूरदराजका, पिछडिएका, जसको आवाज छैन, ती महिलाले कसरी न्याय पाउँछिन् होला ? मलाई यो कुराले अत्यन्त चिन्तित बनाएको छ ।”आफू ७-८ वर्षअघि जापानमा विद्यार्थी हुँदा कान्तिपुर दैनिकको मास्टहेड दुरुपयोग गरेर आफ्नो चरित्रहत्या गरिएको घटना स्मरण गर्दै उनले भनिन्, “कान्तिपुरको हेडलाइन दुरुपयोग गरेर मेरो विरुद्ध एउटा फेक समाचार बनाइयो । म नेपाल फर्किएर कान्तिपुरको कार्यालय पुग्दा त्यो समाचार किर्ते पुष्टि भयो । तर, त्यो किर्ते गर्नेलाई कारबाही गराउन म आजसम्म साइबर ब्युरो धाइरहेकी छु ।”

सांसद संग्रौलाले आफूलाई आइतबार मात्रै एक राजनीतिक दलका नेताले इनबक्समा धम्की दिएको समेत दाबी गरिन् । उनले भनिन्, “हिजो मात्रै एउटा ठुलो राजनीतिक दलको नेताले मेरो इनबक्समा आएर ‘तँ जेल जान्छस्, तेरो यात्रा जेलको हो’ भनेर सन्देश पठाउनुभएको छ । मलाई यसो भन्नुको कारण के हो, केही थाहा छैन ।”

नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धान क्षमतामाथि प्रश्न उठाउँदै उनले थपिन्, “मेरो चिनजानकै मान्छेले मेरो चरित्रहत्या गर्यो र फेसबुकमा मेरो फोन नम्बर सार्वजनिक गरिदियो । मैले प्रहरीलाई उसलाई समात्न आग्रह गर्दा ब्युरोले मेटाले डेटा दिएन’ भन्ने रेडिमेड जवाफ दियो । के कुनै महिला आफ्नो चरित्रहत्या भएर मरिसकेपछि मात्रै फेसबुकले डेटा दिने हो ?”

विद्यमान कानुन कार्यान्वयन नभएको र अपराधीको राजनीतिक संरक्षण हुने गरेको भन्दै उनले आक्रोश पोखिन् । “कानुनमा चरित्रहत्या गर्नेलाई एक लाख जरिवाना र पाँच वर्ष कैद भनिएको छ । तर यहाँ व्यवहारमा के हुन्छ भने- कसैले महिलाको चरित्रहत्या गर्छ, दुई दिन हिरासत बस्छ र तेस्रो दिन छाती फुलाएर निस्कन्छ । हिरासत बाहिर उसलाई फूलमाला लगाएर स्वागत गरिन्छ । हामी कस्तो समाजको परिकल्पना गर्दैछौँ ?” उनले प्रश्न गरिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

म एउटा सांसदले समेत साइबर ब्यूरो धाइरहँदा मैले त न्याय पाइन भने दुर दराजका जनताले कसरी न्याय पाउला : ज्वाला संगौला


TOP