आइतबार , अषोज २५, २०८३
वीर अस्पतालका नर्सहरू नर्सिङ सुधारका १५ बुँदे मागसहित प्रदर्शनमा – Yuwa Daily

काठमाडौं — विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले मंगलबार पनि काठमाडौंस्थित वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन्।

नर्सिङ क्षेत्र सुधारको माग गर्दै नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनसन छैटौँ दिनमा प्रवेश गरेसँगै नर्सहरूले ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा सहभागी नर्सहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चितता, श्रमशोषणको अन्त्य, सुरक्षित तथा सम्मानजनक कार्य वातावरण, सेवा–सुविधामा सुधारलगायत १५ बुँदे माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले ‘१५ बुँदे माग पूरा गर’, ‘ज्योतिको जीवन बचाऊ’, ‘न्यायमा ढिलाइ, जीवनमा जोखिम’, ‘नर्सिङ सुधारको स्पष्ट रोडम्याप बनाऊ’, ‘नर्स बचाऔँ, स्वास्थ्य बचाऔँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।

आन्दोलनरत नर्सहरूले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन्। उनीहरूले सरकारले नर्सिङ पेशाको मर्यादा, श्रमिक अधिकार तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आवश्यक कदम चाल्नुपर्ने बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

१

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

२

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

३

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

४

नयाँ पत्रिका कर्मि अयडी सिडिसी नेपालबाट सम्मानित

५

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

६


TOP