आइतबार , साउन २४, २०८३
रास्वपा महामन्त्रीको दाबीः केन्द्रका कार्यक्रम प्रदेश र स्थानीय तहले रोकिरहेका छन् – Yuwa Daily

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले सङ्घीय सरकारले अघि बढाएका महत्त्वपूर्ण कार्यक्रम प्रदेश र स्थानीय तहबाट अवरोध भइरहेको दाबी गरेका छन्।

रुपन्देहीमा आयोजित पार्टीको नेतृत्व पदस्थापन तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै आचार्यले प्रदेश र स्थानीय तहमा रास्वपाको नेतृत्व नरहेकाले केन्द्र सरकारले अघि सारेका कार्यक्रम कार्यान्वयनमा समस्या देखिएको बताएका हुन्।

उनले ग्यास, मल वितरणलगायतका विषयमा केन्द्र सरकारले गर्न खोजेका काममा समेत अवरोध देखिएको दाबी गरे। उनका अनुसार सरकारले सही दिशामा काम गर्न खोजे पनि त्यसको परिणाम नागरिकमाझ पुर्‍याउन केही समय लाग्नेछ।

आचार्यले चार महिनामै ३६ वर्षदेखिको बेथिति अन्त्य गर्न नसकिने भन्दै सरकारलाई कम्तीमा पाँच वर्ष काम गर्ने अवसर दिन नागरिकसँग आग्रह गरे। उनले भने, “चार महिनामा ३६ वर्षको बेथिति सुधार्ने कुनै जादुको छडी हुँदैन।”

उनले दिगो परिणामका लागि तत्काल लोकप्रिय निर्णयभन्दा देशलाई बलियो बनाउने दिशामा काम गर्नुपर्ने बताए। विगतका सरकारका पालामा काण्डसँग सम्बन्धित समाचार आउने गरेको दाबी गर्दै पछिल्लो चार महिनामा त्यस्तो अवस्था नरहेको उनको जिकिर थियो।

महामन्त्री आचार्यले रास्वपाले गलत काम गरे प्रश्न गर्न नागरिकलाई आग्रह गरे। नागरिकको प्रश्न र खबरदारीले आफूहरूलाई अझ जिम्मेवार र बलियो बनाउने उनको भनाइ थियो।

आगामी प्रदेश तथा स्थानीय तहको निर्वाचनमा समेत रास्वपालाई साथ दिन उनले आग्रह गरे।

कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुलभ खरेलले देशमा रहेको बेथिति अन्त्य गर्न सके मात्रै परिवर्तन सम्भव हुने बताए। उनले आफूहरूले सरकारको विरोध नभई जनताका समस्याबारे सरकारलाई झकझकाउने काम गरिरहेको बताए।

केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानु पौड्यालले रास्वपा नेतृत्वको सरकारसँग जनताको ठूलो अपेक्षा रहेको बताइन्।

कार्यक्रममा पार्टीका विभिन्न तहका नेताहरूले सम्बोधन गरेका थिए। कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरेका सयौँ व्यक्ति रास्वपामा प्रवेश गरेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

म एउटा सांसदले समेत साइबर ब्यूरो धाइरहँदा मैले त न्याय पाइन भने दुर दराजका जनताले कसरी न्याय पाउला : ज्वाला संगौला


TOP