
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६।४ रेक्टर स्केलको भूकम्प गएको थियो । उक्त भूकम्पबाट आइतबार दिउँसोसम्म जाजरकोट र रुकुमपश्चिम जिल्लामा १ सय ५७ जनाको मृत्यु भएको छ ।
भूकम्प आएपछि जाजरकोट र रुकुम पश्चिम लगायतका प्रभावित जिल्लामा सरकारी उच्च अधिकारी, राजनीतिक दलका नेताहरू र विभिन्न संघ संस्थामा आबद्ध व्यक्तिहरू ठूलो संख्यामा पुगेका छन् ।
भूकम्प प्रभावित ठाउँमा सिप भएका दक्ष जनशक्ति पठाएर तत्कालीन र दीर्घकालीन योजना बनाउनुपर्ने सांसद गौतमले आग्रह गरेकी छिन् ।




गौतमले सामाजिक सञ्जालमार्फत भूकम्प प्रभावित क्षेत्रमा अनावश्यक भिड नगर्न आग्रह गरेकी छिन्।
आवश्यक सीपयुक्त मानवस्रोत मात्र संकट ग्रस्त क्षेत्रमा जाने हो । अनुगमन र अवलोकनका नाममा जाजरकोट र रुकुम पश्चिममा पर्यटन प्रबर्धन गर्ने, भिडभाड बढाउने बेला होइन,ु उनले आग्रह गरेकी छिन्, ुसरकारले उद्धारसँगै छिटो भन्दा छिटो क्षतिको तथ्यांक संकलन गर्ने र सोही अनुसार आकस्मिक र दीर्घकालीन सहयोगतर्फ अबको बहस सोझिनु पर्ने सम्म आग्रह गरेकी छिन्। सांसद गौतमले सरकारलाई प्रभावकारी रूपमा उद्दार र राहतको काम गरेकोमा धन्यवाद पनि दिएकी छिन् ।
उनले नेपाली सेना, प्रहरी र स्थानीय तहहरूले प्रभावकारी काम गरिरहेको बताएकी छिन् ।