लामो समय देखि दुर्गम क्षेत्र बाजुराबाट विपन्न वर्गकाे अधिकारका लागि कलम चलाउदै आएका नयाँ पत्रिकाका संचारकर्मी गगन बहादुर अयडी सम्मान भएका छन । विपन्न वर्षको हकहितका लागि निरन्तर कमल चलाउदै आएको भन्दै गैर सरकारी संस्था नाममा सामुदायिक विकास केन्द्र नेपाल ( सुर्खेत) केन्द्रीय कार्यालय काठमाडौंको सिडीसी नेपाल (CDC) काठमाडौंले एक कार्यक्रम गरेर नयाँ पत्रिका दैनिकमा कार्यरत अयडीलाई सम्मान पत्र प्रदान गरेको संस्थाका अध्यक्षराधा मताङगीले बताएकि छिन । उनका अनुसार कलम मार्फत विपन्न वर्गका बालबालिका र अन्य पछाडि परेका वर्ग समुदायको अधिकारका लागि मिडिया मार्फत बाहिर ल्यार उनिहरूको अधिकार सुनिश्चितता गरेको भन्दै पत्रकार अयडीलाइ सम्मान गरेको बताए । यस वर्षको सिडिसी नेपाल (CDC)ले पत्रकार अयडी लगायत बाजुरा जिल्ला बुढिनन्द नगरपालिका उपमेयर रामबहादुर बोहरालाई सम्मानित गरेका छ ।







