आइतबार , भाद्र ७, २०८३
एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ कलमा ६० सेकेन्ड पल्स दर लागु – Yuwa Daily

काठमाडौं । एनसेलले आज भाद्र २, मंगलबारबाट लागु हुने गरी १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन कलको पल्स दर परिवर्तन गरेको छ ।
कम्पनीले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको साउन २२, २०८३ को स्वीकृति बमोजिम ६० सेकेन्डको नयाँ पल्स दर लागु गरेको हो ।

दूरसञ्चार ऐन २०५३ को दफा ४२ अनुसार प्राधिकरणले एनसेलको नयाँ पल्स दरका लागि निर्णयानुसार स्वीकृति प्रदान गरेको छ ।

प्राधिकरणको स्वीकृति बमोजिम अब अष्ट्रेलिया, बहराइन, क्यानडा, अमेरिका, चीन, फिनल्याण्ड, डेनमार्क, फ्रान्स, जर्मनी, भारत, हङकङ, ईटाली, जापान, साउथ कोरिया, लेवनान, मलेसिया, न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रसिया, रोमानिया, साउदी अरेयिबा, सिङ्गापुर, साउथ अफ्रिका, स्पेन, स्वीडेन, स्विटजरल्याण्ड, ताइवान, थाइल्याण्ड, टर्की, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, मेक्सिको, लिबियालगायतका गन्तव्य मुलुकहरुमा यो नयाँ पल्स दर लागु भएको छ ।

नयाँ पल्स दर कायम भएका सबै मुलुकहरुको पुरा सुचि, कल तथा एसएमएसको शुल्क एनसेल वेबसाइटको ‘इन्टरनेशनल कल एन्ड एसएमएस रेट’ खण्डमा हेर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता


TOP