आइतबार , कार्तिक १६, २०८३
पेट्रोलमा १२.४० र डिजेलमा ४.६८ रुपैयाँ बढेर आयो, मूल्य भने यथावत् – Yuwa Daily

भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य बढेर आए पनि नेपाल आयल निगमले उपभोक्ताका लागि पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ।

भदौ ३० गते प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १२ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ६८ पैसा बढेर आएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्यमा उतारचढाव भइरहेको छ। भोटेकोशी क्षेत्रमा आएको असाधारण बाढीबाट उत्पन्न कठिन परिस्थितिलाई ध्यानमा राख्दै निगम सञ्चालक समितिले हाललाई मूल्य समायोजन नगर्ने निर्णय गरेको हो। यो निर्णय भदौ ३१ गतेदेखि लागू भएको छ।

मूल्य समायोजन नगर्दा निगमलाई पाक्षिक रूपमा करिब १ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

नयाँ निर्णयअनुसार काठमाडौँ, पोखरा र दिपायललगायतका क्षेत्रमा पेट्रोल र डिजेलको खुद्रा मूल्य प्रतिलिटर २०० रुपैयाँमै कायम रहनेछ। यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ कायम गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

३

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP