बिहिबार , अषोज १, २०८३
वीरगञ्जमा भारतीय कारबाट कटुवा पेस्तोल र गोली बरामद – Yuwa Daily

पर्साको वीरगञ्ज महानगरपालिका–१५ स्थित बास्तुबिहार चोकबाट सशस्त्र प्रहरीले कटुवा पेस्तोल, सिक्सर पेस्तोल र गोलीसहित भारतीय कार नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गणको मोबाइल टोलीले रोकिराखेको अवस्थामा रहेको बेवारिसे भारतीय कार चेकजाँच गर्दा बोरामा लुकाइराखेको अवस्थामा २ थान कटुवा पेस्तोल, २ थान सिक्सर पेस्तोल र ७.६२ एमएमका ६ थान गोली बरामद गरेको हो।

युपी १६ एजे ३३०१ नम्बरको उक्त भारतीय कारसहित बरामद हातहतियार र गोली आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रकाश भट्टले जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP