राष्ट्रिय दिवसका रूपमा मनाइने संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह सुरु भएको छ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाहलगायत सरकारका उच्च पदस्थ अधिकारी, विशिष्ट व्यक्तित्व तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू सहभागी छन्।



समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली तथा विभिन्न सांस्कृतिक झाँकी टोलीले कवाज र सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्ने कार्यक्रम रहेको छ।
संविधान दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइँदै छ। विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूले पनि विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाइरहेका छन्।





