सोमबार , साउन ११, २०८३
युवापुस्ताको रोजाइमा परेपछि इनर्जी ड्रिंकको माग बढ्यो – Yuwa Daily

काठमाडौं । बदलिँदो जीवनशैली, बढ्दो कार्यचाप र तत्काल ऊर्जा प्राप्त गर्ने चाहनासँगै नेपालमा इनर्जी ड्रिंकको प्रयोग उल्लेखनीय रूपमा बढिरहेको छ। विशेषगरी युवापुस्तामाझ लोकप्रिय बनेको एक्स्ट्रिम इनर्जी ड्रिंकले छोटो समयमै बजारमा बलियो उपस्थिति बनाएको छ। खेलकुद गतिविधि, अध्ययन, यात्रा तथा व्यस्त कार्यतालिकाका बीच ऊर्जा र ताजगी प्रदान गर्ने पेयका रूपमा यसको माग बढ्दै गएको व्यवसायीहरू बताउँछन्।
पछिल्लो समय इनर्जी ड्रिंकलाई केवल पेय पदार्थका रूपमा मात्र नभई सक्रिय जीवनशैलीको प्रतीकका रूपमा पनि हेरिन थालिएको छ। यही कारण एक्स्ट्रिमले युवाहरूको रुचि र आवश्यकता लक्षित गर्दै आफूलाई फरक ढंगले प्रस्तुत गरेको देखिन्छ। बजारमा उपलब्ध विभिन्न स्वाद, आकर्षक प्याकेजिङ तथा खेलकुदसँग जोडिएका प्रचार कार्यक्रमहरूले यसको लोकप्रियतामा थप योगदान पुर्‍याएका छन्।
एक्स्ट्रिम इनर्जी ड्रिंकको मुख्य विशेषता शरीरलाई तत्काल ऊर्जा प्रदान गर्नु हो। यसमा समावेश क्याफिन र अन्य ऊर्जा तत्त्वहरूले थकान कम गर्न तथा शारीरिक र मानसिक सक्रियता बढाउन सहयोग पुर्‍याउनु हो। लामो समयसम्म काम गर्नुपर्ने अवस्था, परीक्षा तयारीमा जुटेका विद्यार्थी वा लामो दूरीको यात्रा गर्ने व्यक्तिहरूले यसलाई उपयोगी विकल्पका रूपमा लिने गरेका छन्।
विशेषज्ञहरूका अनुसार सीमित मात्रामा क्याफिन सेवन गर्दा सतर्कता र ध्यान केन्द्रित गर्ने क्षमता बढ्न सक्छ। यही कारण इनर्जी ड्रिंकको प्रयोग विश्वभर लोकप्रिय बन्दै गएको छ। एक्स्ट्रिममा समावेश बी–समूहका भिटामिनहरूले शरीरको ऊर्जा उत्पादन प्रक्रियामा सहयोग पुर्‍याउने भएकाले उपभोक्ताले थप ताजगी महसुस गर्ने गरेका छन्।
खेलकुद क्षेत्रमा पनि इनर्जी ड्रिंकको प्रयोग बढ्दो क्रममा छ। खेलाडी तथा फिटनेसप्रेमीहरूले अभ्यास वा प्रतिस्पर्धाअघि ऊर्जा बढाउन यस्ता पेय पदार्थ प्रयोग गर्ने गरेका छन्। क्याफिनले थकानको अनुभूति कम गराउने भएकाले छोटो अवधिका लागि प्रदर्शनमा सकारात्मक प्रभाव देखिन सक्ने विभिन्न अध्ययनहरूले औंल्याएका छन्।
बजार विश्लेषकहरूका अनुसार नेपालमा युवा जनसंख्याको आकार ठूलो भएकाले इनर्जी ड्रिंक उद्योगको सम्भावना पनि विस्तार हुँदै गएको छ। एक्स्ट्रिमले यही अवसरलाई उपयोग गर्दै आफूलाई आधुनिक र सक्रिय जीवनशैलीसँग जोडेको छ। सामाजिक सञ्जाल, खेलकुद प्रतियोगिता तथा सांगीतिक कार्यक्रममार्फत गरिएको प्रचारले ब्रान्डलाई युवाहरूमाझ अझ परिचित बनाएको छ।
ऊर्जा र सक्रियताको खोजीमा रहेका युवाहरूका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक लोकप्रिय विकल्प बन्दै गएको छ। उचित मात्रामा प्रयोग गर्दा यसले तत्काल ऊर्जा र ताजगीको अनुभूति दिन सक्ने हुँदा यो रोजाइमा परेको हो। तर साना केटाकेटी,रोगी,बिरामी तथा गर्भवती महिलाले भने यसको सेवन नगर्न कम्पनीले सचेत गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

विदेशबाट फर्केर स्वदेशमै उद्यम, युवालाई प्रेरणा बन्दै श्रीमान तामाङ

रामेछापको पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनको निर्णय कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोश

आज राति उठ्नुहोस् भो लि  सम्बन्धित निकाय सग समन्वय गर्दिन्छु भन्दा मानेनन् पीडित, सिंहदरबारको गेटमै धर्ना जारी

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

मिस नेपाल २०२६ मा सबैको ध्यान खिच्दै विभुषा बस्नेत, किन विशेष छिन् प्रतियोगी नम्बर १९?

मन्त्रि प्रतिभा रावल झापाको बुद्धशान्तीमा ५ परिवारलाई लालपुर्जा वितरण,५ अव्यवस्थित परिवारलाई लालपुर्जा वितरण


TOP