शनिबार , अषोज ३, २०८३
श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग – Yuwa Daily

आन्द्राको क्यान्सरसँग संघर्षरत सानो बाङथली निवासी विष्णुमान तामाङको उपचार सहयोगार्थ सञ्चालन गरिएको  विष्णुमान तामाङ बचाऔँ अभियान अन्तर्गत रु. ३,३५,३४८ आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ।

यस अभियानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौरि देउराली गाउँपालिकाका सभापति श्रीमान तामाङको नेतृत्वमा विभिन्न व्यक्ति, शुभेच्छुक तथा सहयोगीहरुले श्रीमान तामाङको संजालमा राखेको पोस्ट देखे पछि संजाल मार्फत नै सहयोगी दाताहरुले सहयोग गदै आनु भएको थियो ।

 

यसअघि चौरि देउराली गाउँपालिकाका सभापति श्रीमान तामाङले विष्णुमान तामाङलाई भेटेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो। उहाँले उपचारका लागि सबैलाई मानवीय भावना र सहयोगको हात अघि बढाउन आग्रह गर्दै जीवन बचाउने अभियान सबैको साझा जिम्मेवारी हो भन्ने सन्देश दिनुभएको थियो।

विष्णुमान तामाङको उपचार अझै जारी रहेकाले आवश्यक सहयोग निरन्तर आवश्यक रहेको बताएका छन्। उनीहरूले आर्थिक, नैतिक तथा प्रार्थनाको माध्यमबाट साथ दिन सम्पूर्ण सहयोगी, समाजसेवी तथा शुभेच्छुकहरूलाई आग्रह गरेका छन्।

अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति श्रीमान तामाङकोले हार्दिक आभार व्यक्त गर्दै यस्तै मानवीय कार्यमा सबैको साथ र सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP