बिहिबार , अषोज १, २०८३
अशोक दर्जीसँग टंकको बोलचाल बन्द, भने– ‘म उसको अभिभावक थिएँ, अब होइन’ – Yuwa Daily

संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीबीचको सम्बन्धमा गम्भीर फाटो आएको छ। कुनै समय बाबुछोराजस्तै सम्बन्धमा रहेका उनीहरूबीच अहिले बोलचाल र सम्पर्कसमेत नरहेको टंकले बताएका छन्।

‘झिंगेदाउ २’ को प्रिमियरमा सञ्चारकर्मीसँग कुरा गर्दै टंकले सामाजिक सञ्जालमा आफूलाई अशोकलाई ‘प्रयोग गरेको’ आरोप लगाइँदा दिक्क लागेको बताए।

उनले भने, ‘अशोकलाई गीत गाउन सिकाएँ, अभिनेता बनाएँ, चलचित्र बनाएर हिरो बनाएँ, अब म कसैलाई सहयोग गर्दिनँ।’

टंकले आफू अशोकको अभिभावक नरहेको स्पष्ट पार्दै अब सम्बन्ध भए पनि व्यावसायिक रूपमा मात्र हुने बताए। ‘मन विनाको धन २’ मा अशोक नरहेको पनि उनले पुष्टि गरे।

टंकका दाजु टिका बुढाथोकीका अनुसार अशोकले पढाइ पूरा गरी नेपाली सेनामा जागिर खाओस् भन्ने टंकको चाहना थियो। तर अशोकले संगीत र अभिनयलाई रोजेपछि उनीहरूबीच दूरी बढेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित


TOP