आइतबार , कार्तिक १६, २०८३
अशोक दर्जीसँग टंकको बोलचाल बन्द, भने– ‘म उसको अभिभावक थिएँ, अब होइन’ – Yuwa Daily

संगीतकार टंक बुढाथोकी र बाल गायक अशोक दर्जीबीचको सम्बन्धमा गम्भीर फाटो आएको छ। कुनै समय बाबुछोराजस्तै सम्बन्धमा रहेका उनीहरूबीच अहिले बोलचाल र सम्पर्कसमेत नरहेको टंकले बताएका छन्।

‘झिंगेदाउ २’ को प्रिमियरमा सञ्चारकर्मीसँग कुरा गर्दै टंकले सामाजिक सञ्जालमा आफूलाई अशोकलाई ‘प्रयोग गरेको’ आरोप लगाइँदा दिक्क लागेको बताए।

उनले भने, ‘अशोकलाई गीत गाउन सिकाएँ, अभिनेता बनाएँ, चलचित्र बनाएर हिरो बनाएँ, अब म कसैलाई सहयोग गर्दिनँ।’

टंकले आफू अशोकको अभिभावक नरहेको स्पष्ट पार्दै अब सम्बन्ध भए पनि व्यावसायिक रूपमा मात्र हुने बताए। ‘मन विनाको धन २’ मा अशोक नरहेको पनि उनले पुष्टि गरे।

टंकका दाजु टिका बुढाथोकीका अनुसार अशोकले पढाइ पूरा गरी नेपाली सेनामा जागिर खाओस् भन्ने टंकको चाहना थियो। तर अशोकले संगीत र अभिनयलाई रोजेपछि उनीहरूबीच दूरी बढेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा

१

निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा अकुर प्रसाद गौतम सर्वसम्मत निर्वाचित

२

चौरीदेउराली–६ मा नयाँ बस्ती युवा समितिद्वारा भलिबल प्रतियोगिता आयोजना, प्रथम पुरस्कार १ लाख

३

तीज : परम्परा मात्रै होइन, बदलिँदो समाजको ऐना पनि हो

४

४५ वर्षीय ओम प्रसाद गौतम सम्पर्कविहीन, खोजतलासका लागि सहयोगको अपिल

५

स्वास्थ्यमन्त्री निशा मेहता: आमालाई ६ महिना र बुबालाई ४२ दिन तलबसहित बिदाको प्रस्ताव

६


TOP