आइतबार , अषोज ४, २०८३
सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहार हुँदा एक युवक घाइते – Yuwa Daily

सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहार हुँदा एक युवक घाइते भएका छन्।

गोली लागेर स्थानीय निरज यादव घाइते भएका हुन्। उनको तिघ्रामा गोली लागेको र विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्र खड्काले गोली प्रहार भएको पुष्टि गर्दै घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताए। घटनास्थलमा प्रहरी परिचालन गरिएको र आफू पनि घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिए।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूको पहिचान भने प्रहरीले सार्वजनिक गरेको छैन।

यसअघि साउनमा पनि देवानगन्जमा दुई समुदायबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो। उक्त घटनापछि मधेस प्रदेशका विभिन्न स्थानमा समेत हिंसा फैलिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा


TOP