आइतबार , अषोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्ने – Yuwa Daily

आज नेकपा एमालेको पार्टी पुनर्गठन कार्यदल र सचिवालय बैठक बस्दै छ ।केन्द्रीय कमिटी बैठकअघि निर्वाचन समीक्षा र केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने प्रतिवेदन तथा एमाले पुनर्गठन कार्यदलको प्रतिवेदनबारे निष्कर्षमा पुग्न सचिवालय बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार कार्यदलको बैठक बिहान ९ बजे पार्टी कार्यालय च्यासलमा बस्ने  छ ।यसअघि बसेको कार्यदलमा दुई वटा प्रतिवेदन आएकाले एकै प्रतिवेदन तयार गर्न बैठक आह्वान गरिएको हो । आजै कार्यदलको बैठकपछि सचिवालयको बैठक दिउँसो १ बजे च्यासलमै बस्ने   छ ।

यसअघि कार्यदलको बैठकमा प्रतिवेदनबारे समझदारी नजुटेकाले यहाँबाठ कस्तो निर्णय हुने भन्ने चासो एमाले नेता तथा कार्यकर्तामा रहेको छ ।आज कार्यदल र सचिवालय बैठकपछि भोलिबाट केन्द्रीय कमिटीको बैठक सुरु हुँदैछ । बैठक असोज ७ गतेसम्म बस्ने तालिका एमालेले सार्वजनिक गरेको छ ।

केन्द्रीय कमिटी बैठक रामबाग महल, भनिमण्डल, ललितपुरमा बस्ने प्रचार विभाग प्रमुख आचार्यले जानकारी दिए । केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिवेदन प्रस्तुत गर्ने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ज्वाला संग्रौलाको यथार्थ अभिव्यक्ति विपक्षीलाई भारी

श्रीमान तामाङको अभियानमा विष्णुमान तामाङ बचाऔँ अभियानलाई रु. ३,३५,३४८ सहयोग

पत्रकार किशोर श्रेष्ठप्रति सांसद ज्वाला सङ्ग्रौलाको कडा चेतावनी : आरोप र प्रचारको नाममा पत्रकारिताको मर्यादा नाघ्न नहुने धारणा

चौरिदेउरालीका समस्या समाधानमा सांसद चौलागाईको चासो, खानेपानीलाई उच्च प्राथमिकता

सिंहदरबार प्रवेशमा नागरिकलाई सहज व्यवस्था गर्न सांसद ज्वाला संग्रौलाको माग

मार्तडीमा हिमालयन मस्क स्पोर्ट्स एकेडेमी सञ्चालनमा


TOP