स्वेच्छिक रक्तदान अभियानलाई जीवनकै उद्देश्य बनाउँदै आउनुभएकी श्वेता श्रेष्ठले विगतका वर्षहरूमा नेपालका दुर्गम जिल्लाहरू मनाङ, मुस्ताङ, दोलखा लगायत विभिन्न स्थानमा पुगेर रक्तदान तथा रक्त संकलन कार्यक्रम सञ्चालन गर्दै हजारौं नागरिकलाई जीवनदान दिने अभियानमा योगदान पुर्याउनुभएको छ।
रक्तदानको क्षेत्रमा निरन्तर समर्पित उहाँले हालसम्म नेपालमै अत्यधिक रक्त संकलन गर्ने व्यक्तिहरूमध्ये दोस्रो स्थान हासिल गर्न सफल हुनुभएको छ। केही महिनादेखि व्यक्तिगत तथा व्यावसायिक सिलसिलामा इजरायलमा रहँदै आउनुभएकी श्वेता श्रेष्ठ विश्व रक्तदाता दिवसको विशेष दिनको लागि भनेर पनि उहाँ दिनअघि मात्र नेपाल फर्कनुभएको हो।
उहाको सक्रियतामा आयोजित रक्तदान कार्यक्रममा सहभागीहरूले उत्साहपूर्वक रक्तदान गर्दै मानवताको सन्देश प्रवाह गरेका थिए। “मानवताको हक खोस्न होइन, जीवन बचाउन रक्तदान गरौँ” भन्ने भावनासहित अगाडि बढिरहेको यो अभियानले समाजमा सकारात्मक प्रेरणा फैलाइरहेको छ।










