शुक्रबार , असार २०, २०८२
जनप्रतिनिधिको कब्जामा बाजुराको मालिका नमुना मावी माथि – Yuwa Daily

बाजुराको बडीमालिका नगरपालिका ८ मार्तडीमा रहेको मालिका नमुना माविको बिद्यालय व्यवस्थापन समिति गठनको बिषय बिबादास्पद बिषय बनेको छ । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख काशी वि. क लाई अध्यक्ष बनाएपछी उक्त बिषय बिबादित बनेको हो ।

जनप्रतिनिधिको कब्जामा बाजुराको मालिका नमुना मावि, राजनीति गर्ने थलो बनाइएको आरोप

जनप्रतिनिधिको कब्जामा बाजुराको मालिका नमुना मावि, राजनीति गर्ने थलो बनाइएको आरोप
बाजुरा : बाजुराको बडीमालिका नगरपालिका ८ मार्तडीमा रहेको मालिका नमुना माविको बिद्यालय व्यवस्थापन समिति गठनको बिषय बिबादास्पद बिषय बनेको छ । बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेकपा एमाले बाजुराका प्रचार बिभाग प्रमुख काशी वि. क लाई अध्यक्ष बनाएपछी उक्त बिषय बिबादित बनेको हो ।
विगत लामो समय देखि नेकपा एमालेको राजनीतिमा सक्रिय भैई नेतृत्व गरिरहेका वि. क लाई बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएपछि बिद्यालय क्षेत्रमा राजनीति गरेको आरोप सर्वसाधारण लगाइरहेका छन् । एमाले नेता समेत रहेका शनिबार मात्रै जिल्लाकै नमुना बिद्यालय मालिका नमुना माविको बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बनेका वि. क लाई बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्र थापाले सिफारिस गरेका थिए ।

काशी विकलाई अध्यक्षको जिम्मेवारी तोकिएसँगै विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियाको करिब ७ महिना पछि विव्यसले पूर्णता पाएको हो । अभिभावकबाट छानिएका, सम्बन्धीत वडाले सिफारिस गरेका र वुद्धिजीवीको कोटाबाट आएका व्यक्तिबीच को अध्यक्ष बन्ने भन्नेमा सहमति जुट्न नसकेपछि नेतृत्व छनोट प्रक्रिया लम्बीएको थियो ।विव्यस गठनका लागि पहिलो अभिभावक भेला गएको जेष्ठ १९ गते बोलाइएको थियो ।भेलाबाट क समूह अर्थात खुला तर्फ काशी विक, जनक थापा, दुर्गा थापा र राधीका उखेडा विक चयन भएका थिए । भने वडा कार्यालयका तर्फबाट कर्णबहादुर रावल, वुद्धिजिवीबाट माया खड्का र वडा कार्यालयका तर्फबाट बडीमालिका ८ का अध्यक्ष चन्द्रबहादुर थापा स्वयम सिफारिसमा परेका थिए ।

ती मध्ये अध्यक्षका लागि काशी विक र जनक थापाको बलियो दाबेदारी परेको थियो ।तर अन्ततः विव्य अध्यक्षमा विकलाई नै सिफारिस गरिएको हो । सामाजिक सञ्जालमा मार्तडी बाहिरकोलाई नेतृत्व दिएको र शिक्षा ऐन नियमावली विपरित वडा पालिकाले निर्णय लादेको आरोप सहीत आलोचना भइरहेको छ । बिद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया सुरु भएको आठ मिहना पछि मालिका नमुना माध्यामिक बिद्यालय बाजुराको बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा अधनेकपा एमाले पंचार विभाग प्रमुख काँशी विक नियुक्त भएका हुन् ।

प्रत्यक्ष दलीय भागबण्डाका आधारमा नेकपा एमालेले काशी विकलाई बिद्यालय व्यवस्थापन समिति अध्यक्षमा बनाउन दबाब दिएको एक गोप्य श्रोतको दाबी छ । समुदायको चाहाना राजनीतिबाट बिद्यालय क्षेत्र बाहिर राख्ने भएपनि तर एमालेले हस्तक्षोप गरेको आरोप छ । संघीय शिक्षा एन २०२८ को दफा १२ को बिद्यालय व्यवस्थापन समिति गठन सम्बन्धि व्यवस्था बिपरित अध्यक्ष थापाले बिद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विकलाई सिफारिस गरेको आरोप छ । संघीय शिक्षा एन २०२८ को दफा १२ को उपदभा २ को खण्ड ( क) मा बिद्यालय व्यवस्थापन समितिका सदस्यहरुले उपदफा १ को खण्ड (क) , (ख) वा ( ग ) बमोजिमका सदस्यहरुबाट छनोट भएको सदस्य बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP