
काठमाडौं – नयाँ पुस्ताका लोकप्रिय देउडा गायक चक्र बमको नयाँ गीत सार्वजनिक भएको छ। गायक तथा मोडल चक्र बमको गीत “हरि भजन देउडा “को नयाँ म्युजिक भिडियोमा प्रमुख कलाकारहरू चक्र बम, जोन बम, हेमा सापकोटा, प्रमिला जैशी, दिनेश बोहरा, र सालिना थारूको अभिनय देख्न सकिन्छ।




बाल कलाकारहरू क्रिस्टल बम र गरिमा चन्दले पनि भिडियोमा विशेष भूमिका निभाएका छन्। यस म्युजिक भिडियोलाई बिक्रम चौहानले निर्देशन गरेका छन्। चक्र बमले गीतको शब्द र लय तयार गरेका छन्, र गायीका माया धामीले समर्थन प्रदान गरेकी छन्।
गीतको म्युजिक भिडियो गायक चक्र बमको अफिसियल युट्युब च्यानलमा उपलब्ध छ।
“काहोलो हरि भजन, वाइ होलो हरि कृतन” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोला ।