शुक्रबार , असार २०, २०८२
Yuwa Daily

oo”सद्भाव, सहयोग र समर्पण – चौरीदेउराली जापान” भन्ने मूल नारासहित स्थापना भएको चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापान (Chaurideurali Social Connection Society, Kavre Japan) ले आफ्नो प्रथम ऐतिहासिक अधिवेशन यही २१ जुलाई २०२५, सोमबारका दिन टोकियोको Sumidaku, Higashimukojima मा आयोजना हुने भएको छ।

संस्थाको उद्देश्य जापानमा रहेका चौरीदेउराली क्षेत्रका नेपालीहरूबीच सामाजिक एकता, हकहित, सहयोग, सुरक्षा र आत्मीयता प्रवर्द्धन गर्ने रहेको छ । साथै,  चौरीदेउराली क्षेत्रको संस्कृति, भाषा र सामाजिक धरोहरलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने दीर्घकालीन लक्ष्य लिएको छ।

संस्थाको संयोजकमा श्री कुलमान लामा रहेका छन् भने १२५ जना भन्दा बढी सदस्यहरूको समावेश रहने गरी विस्तारित तथा समावेशी अधिवेशन आयोजक समिति गठन गरिएको छ।

संस्थाले जापानमा रहेका सम्पूर्ण चौरीदेउरालीबासी दाजुभाइ तथा दिदीबहिनीहरूलाई उक्त ऐतिहासिक अवसरमा सहभागी भई समाजप्रतिको प्रतिबद्धता जनाउन आमन्त्रण गरेको छ। छुट्टिएका सदस्यहरूलाई पनि आगामी दिनमा समेट्ने योजना रहेको आयोजक टिमले बताएका छन् ।

“एकताको शक्ति, समाजको उन्नति” भन्ने नारासहित समाजले “हाम्रो साझा परिवार, साझा भविष्य” को भावना बोकी सबैलाई समावेश गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि आयोजक टिमले दिएको छ ।

चौरीदेउराली सम्पर्क समाज काभ्रे, जापानका मूल अधिवेशन आयोजक समिति कार्यक्रम हुने स्थान र समय पनि यसरि निर्धारण गरेको छ :- मिति:  २१ जुलाई २०२५ (सोमबार)

समय: दिउँसो १२:०० बजे

स्थान: 〒131-0032 東京都墨田区東向島2-38-7 Tokyoto, Sumidaku, Higashimukojima 2-38-7 Nearest Station – Hikifune Station (曳舟駅)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP