शुक्रबार , असार २०, २०८२
भोलि, शनिबारदेखि मौसममा सुधार आउने – Yuwa Daily

काठमाडौँ । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

“आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ”, मौसमविद् पौडेलले भने । महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङहित भारी वर्षाको समेत सम्भावना छ ।

साथै रातिको समयमा कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP