शनिबार , असार २१, २०८२
गौहत्या बिरोधको आन्दोलनपछि घर फर्केका तीन जनालाइ प्रहरीद्वारा दुर्व्यवहार – Yuwa Daily

काठमान्डौ : गौहत्याको बिरोधको आन्दोलन सकिसके पश्चात घरमा हिंडिरहेका तीन ३ जनाको समुहलाइ महेन्द्र पुलिस क्लबका इन्स्पेक्टर सन्तोष खड्काले जुन किसिमले बाटोमै उनीहरलाई लुगा च्यातेर घोसार्दै ब्यक्तिगत रिसिभी लिएको जस्तै गरेर ज्यादै निन्दनिय शब्द प्रयोग गर्दै( जुन यहाँ लेख्न सकिन ) उनीहरू माथी निम्न स्तरको दुर्व्यवहार गरेका थिए ।   उनीहरुलाई इन्स्पेक्टरले गरेको दूरव्यवहार पश्चाप  आज तिनै इन्स्पेक्टरलाई कारबाहिको माग राख्दै  माइतिघरमा जम्मा भएर महेन्द्र पुलिस क्लब अगाडिनै कार्यक्रम रहेका थिए ।

त्यसैमध्यका सामाजिक अभियन्ता सोम शर्माले आफ्नो सामाजिक सञ्जालमा यस्तो भनी आफ्नो न्यायका लागि आफ्ना साथीहरूलाई  समेत अवान गरेका थिए ।

यो भनाइ सोम शर्माकाे :-

हिजो गौहत्याको बिरोधको आन्दोलन सकिसकेपश्चात घरमा हिंडिरहेका हामि ३ जनाको समुहलाइ महेन्द्र पुलिस क्लबका एक इन्स्पेक्टर सन्तोष खड्काले जुन किसिमले बाटोमै हामिलाई लुगा च्यातेर घोसार्दै ब्यक्तिगत रिसिभी लिएको जस्तै गरेर ज्यादै निन्दनिय शब्द प्रयोग गर्दै( जुन यहाँ लेख्न सकिन ) हामिमाथी निम्न स्तरको दुर्व्यवहार गरेका थिए सायद उनलाइ लागेको होला कि प्रहरिको बर्दि लगायो भने जे पनि गर्न पाइन्छ, जसो पनि बोल्न पाइन्छ भनेर बर्दिको जुन दम्भ देखाए नि हो त्यसको निम्ति आज हामी उनको कारबाहिको माग राख्दै निम्ति माइतिघरमा जम्मा भएर महेन्द्र पुलिस क्लब अगाडि नै कार्यक्रम रहेको छ।जबसम्म उनलाइ कारवाही हुंदैन तबसम्म धर्ना र प्रदर्शन निरन्तर जारी राख्ने कार्यक्रम अनुरुप भोलि बिहान १० बजे माइतिघर जम्मा भएर त्यहिंदेखी जाने कार्यक्रममा तपाइहरु सबैलाइ आग्रह गरें ।

आजसम्म हामिले अरुको निम्ति आवाज उठाइरहेउं,अरुको निम्ति आइदिनुस बोल्दिनु भनिरहेउं, हाम्रो ज्यानको आशै मेटेरै भएपनी हामिले देश र जनताको निम्ती बोलिरहेउं तर आज आंफैमाथी जुन दुर्व्यवहार एक प्रहरिको अधिकृत जस्तो ब्यक्तिले गरेको छ यसको बिरुद्द म लड्दैछु । मलाइ आशा छ कि तपाइहरुको साथ भरपुर रुपमा मज्जाले पाउनेनैछु। यदि पाइन भनेपनी मैले कोसंग गुनासो गरौं र है ?भेला हुने स्थान- माइतिघर मन्डला

माइतीघर आन्दोलन पछि टेकु परिषद्  तिनै इन्स्पेक्टरलाई कारबाहिको माग गर्नका लागि टेकुका प्रहरी प्रवक्ता एसपी कुमोद ढुंगेललाई ज्ञापन पत्र बुझाएका छन् ।  उनले एक हप्ताभित्र छानबिन गरेर कारबाही गर्ने प्रतिबद्दता दिएका छन् ।

फोटो फिचर:-


in

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP