शुक्रबार , असार २०, २०८२
नारी टीभीद्वारा महिलाहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न – Yuwa Daily

काठमाडौं । नारी टेलिभिजन एचडीले महिलाहरुका लागि एक दिने वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम गरेको छ । नारीहरुका मुद्दाहरुलाई प्राथमिकतामा राख्दै आइरहेको नारी टेलिभिजनले बैंकिङ क्षेत्रमा समेत महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम गरिएको जनाएको छ ।

निकिता पौडेल लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अथितिका रुपमा २०१९ कि मिस नेपाल अनुष्का श्रेष्ठ, सञ्चारकर्मी सरिता श्री ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।

नारी टेलिभिजनको आयोजना, नबिल बैंक र हिमालय सामाजिक यात्रासँगको सहकार्यमा बिहीबार काठमाडौंको लैनचौरस्थित लैनचौर बैङक्येटमा महिलाहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम दिइएको हो ।

कार्यक्रममा नबिल बैंकका प्रमुख बजार व्यवस्थापक कृष्ण सुवेदी, सहायक सम्पर्क व्यवस्थापक, व्यवस्थापक सानो कर्जा संयोजक नबिल विद्यालय व्यवस्थापक लगायतका व्यक्तिहरुले बैंकिङ कारोबार तथा वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

तालिममा बैंकिङ कारोबार कसरी गर्ने, बैंकिङ कारोबार गर्दा ध्यान दिनुपर्ने कुरा र बैंकिङ कारोबार गर्दा नागरिकहरुले भोग्नुपरेको समस्या र समाधानका विषयमा सम्पूर्ण जानकारी गराइएको थियो ।

तालिममा काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट ११५ जना महिलाहरुको सहभागिता रहेको थियो । बैंकिङ कारोबारको विषयमा त्यति जानकारी नहुँदा विभिन्न ठगीका घट्नाहरु घटिरहेको समयमा नारी टेलिभिजनले गरेको कार्यक्रमले धेरै कुरा सिक्ने अवसर पाएको सहभागीहरुले बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP