
काठमाडौँ — अन्शन बसेकी भारतीलाई समर्थन गर्न जादा पाँचजना युवाहरू शुक्रबार माईती घर मण्डला बाट पक्राउ परेका छन् ।
श्रीमान् चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगल भनिने योगराज ढकालको कैद मिनाहाविरुद्धको भारतीको अनशनमा
समर्थन गर्न जादा सामाजिक अभियानता सोम शर्मा अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य यादव सिंह, मिडियाकर्मी असिम मल्ल ठकुरी, विद्यार्थी उद्धव बस्नेत, मिस नेपालको महिला प्रमुख जुना बोहरालाई काठमाडौं प्रहरीले प्रकाउ गरेको हो ।




अनशनस्थलमा पुगेर सहयोग गर्दा उनिहरुलाई प्रहरीले पक्राउ गरि टेकुपरिषदमा थुनामा राखेको छ। उनिहरुलाई यश अघि पनि जनताको मागहरुलाई समायोजन गर भनी सरकारलाई आग्रह हर्दा बारम्बार पक्राउ परेका थिए। त्यसिगरी आज पनि समर्थन गर्दा उनीहरुलाई पक्राउ गरिएको हो। काठमाडौं प्रहरीका एसएसपी खत्रीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी सम्म दिएका छन् ।