शुक्रबार , असार २०, २०८२
स्वेता रक्तदान अभियानमा लक्ष्य भन्दा बढीले दिए रक्तदान – Yuwa Daily

सिन्धुपाल्चोक जिल्ला बेलफि गाउपालिका-७झयाङछु छोर्तेन तामाङ सेवा समाज खाडिचौरमा सनिवार श्वेता रक्तदान अभियाले रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको आयोजना स्वेता श्रेष्ठले गरेकी हुन्। उनले विगत दुई वर्ष अघि देखि लगातार रक्तदान कार्यक्रम राख्दै आएकी छिन्। स्वेताले विश्व भर फैलिएको कोभिड-१९(कोरोना महामारी)को विषम अवस्थामा रक्तदान कार्यक्रम कम भएको लगायत धेरै विरामीहरुलाई रगत आवश्यकता भए पछि स्वेताले आफ्नै नाम बाट नै अभियान श्वेता रक्तदान अभियान सुरु गरेकी थिइन। स्वेता रक्तदान अभियानले अहिले सम्म ४००० पिन्टभन्दा बढी रगत संकलन गर्न सफल भएकि छिन् । स्वेताले रक्तदानको लागि सामाजिक सेवाको उत्तरदायित्व निर्वाह गर्दै आएकी छिन्।

उनको यस अभियानलाई भिविन्न संघसंस्था लगायत सामाजिक अभियान्ताहरुको ठूलो साथ रहेको छ। रक्तदान कार्यक्रमको प्रमुख अतिथि बलेफी गा.पाका अध्यक्ष गङ्गा बाहदुर तामाङ अतिथि बलेफी गा.पा वडा७का वडा अध्यक्ष गृविन्द्र चौलागाईं र न्यु सदाबहार युवाक्लका अध्यक्ष अनिल लामा थिए। उक्त कार्यक्रममा सहकार्य बलेफी गा.पा लगायत न्यु सदाबहार युवाक्ल,सिन्धु पर्यटन व्यवसायी संघ ब्यवस्थापन सहयोग, तथा नेपाल रेडक्रस सोसाइटी भक्तपुर रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको थियो।

यस रक्तदान अभियानमा आज ५२जनाले रक्तदान दिएका थिए। त्यसमध्ये लामोसाघु प्रहरी चौकीका इन्चार्ज अनित के सिले पनि स्वेता रक्तदान अभियानले संकलन गरिरहेको रक्तदान कार्यक्रममा आएर रगत दान गरेका थिए। उनले आज सम्म बीस पटक रक्तदान दिएको जानकारी दिएका छन्। रास्ट्र सेवकले आफ्नो कार्यलय समयमा आएर रगत दान गर्नु नै स्वेता रक्तदान कार्यक्रम सफल भएको स्वेताले महसुस गरेकी छ। स्वेता रक्तदान अभियानलाई निरन्तरता दिएर समाज सेवा गर्ने स्वेता श्रेसको रक्तदान अभियानको हुने सम्म स्वेताले बताउदै सिन्धुपाल्चोकको एकदिने अभियानको कार्यक्रम समापन गरेकी छिन् ।
फोटो फिचर

Yuwa Daily

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP