
इजरालयमा बेपत्ता विपिन जोशीको खोजी गर्न युवाहरुले गरे सरकारलाई आग्रह,फरक–फरक सूचना, परिवारजन झनै अन्योलमा गते अक्टोबर ७मा चरमपन्थी समूह हमासले आक्रमण गरी बन्धक बनाएर गाजातर्फ लगेका नेपाली विद्यार्थी विपिन जोशी सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको ईजरायलस्थित नेपाली दूतावासले जानकारी आएको छ। तर जोशीको बारे दूतावास र परराष्ट्र मन्त्रालयको फरक–फरक आएको सूचनाले परिवारजन झनै अन्योलमा परेको छ।




यसै विषयलाइ मध्यनजर गर्दै स्वतन्त्र युवा संगठनले आज बसन्तपुरमा विपिन जाशीको खोजीमा सरकारको ध्यान जानु पर्नेमा जोड दिदै हमासको कब्जामा रहेका बिपिनको यथाशीघ्र उद्दार गर्न नेपाल सरकार दबाब दिएका छन्। विपिन जोशीको सिसिटिभि फुटेज बाहिर आए पछि उनका परिवार झनै पिडामा परेका छन् ।
परिवारमा एक मिसिमको अन्योलमा परेको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार विज्ञप्ति जारी गर्दै जोशी सम्पर्कविहीन नै रहेको र उनको खोजी कार्य जारी रहेको बताएको छ भने यता परराष्ट्र मन्त्रालयले विपिन सुरक्षित रहेको दावि गरि रहको छ। दूतावासले सोकबार जारी गरेको विज्ञप्तिमा किबुज–अलमिममा बन्धक बनाएर गाजातर्फ लगेकाहरू मध्येमा नेपाली विद्यार्थी जोशी पनि रहेको इजरायल डिफेन्स फोर्सका प्रवक्ताले जानकारी दिएको उल्लेख छ ।
‘जोशीको पछिल्लो अवस्थाबारे यकिन गर्न नसकिएको, निज हालसम्म पनि सम्पर्कविहीन नै रहेको र खोजी कार्य जारी रहेको विज्ञप्तिमा उल्लेख रहेको छ। विपिनको खोजीको लागि नेपाल सरकारले उत्कृष्टि कदम नचालेको भन्दै आज बसन्तपुरमा युवाहरुले सरकारलाई चर्को दबाब दिएका छन् ।,