शुक्रबार , असार २०, २०८२
एकदिने च्याउ महोत्सव भव्य रुपमा सम्पन्न,उपसभामुखले दिए कृषकलाई प्रोत्साहन (फोटो फिचर) – Yuwa Daily

काठमाण्डौं:-  पौडेलले उल्लेख गरे । च्याउ दिवसको अवसरमा पहिलो पटक आयोजित एक दिने महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।

सरकारलाई मागपत्र पेस

च्याउ किसानको पेसागत सुरक्षा, संरक्षण, जीवनस्तरमा सुधार ल्याउन भन्दै संघले १९ बँुदे मागपत्र सरकारलाई पेस गरेको छ । सात वटै प्रदेशबाट व्यावसायिक रुपमा च्याउ उत्पादन गरिरहेका किसान, विज्ञहरु र च्याउसँग सरोकार राख्नेहरुसँग छलफल गरी सो मागपत्र तयार गरिएको संघले जनाएको छ ।

माग पत्रमा पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा गरी वार्षिक क्यालेन्डरमा सूचीकृत गरिनुपर्ने, राष्ट्रिय च्याउ विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्न, रैथाने च्याउको अनुसन्धान गरी रैथाने च्याउको व्यावसायिक खेती गर्न, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा तीनै तहका सरकारमा च्याउ किसानहरुको अनिवार्य सहभागिता गराउने, च्याउका लागि आवश्यक मूलबिउ उपलब्धता र यसको व्यवस्थापन राज्यबाट नै गरिनु पर्ने लगायतका विषय समावेश गरिएको छ ।

विगत पाँच वर्ष देखि पौष १५च्याउ दिवसको रुपमा मनाउन आएको छ। यसै गरि आज च्याउ दिवसको अवसर पारी एकदिने च्याउ महोत्सव पनि ललितपुर जिल्ला जावलाखेल युवा फुटबल ग्राउन्ड मा च्याउ उत्पादक किसान संघ नेपालले आयोजना गरेकोथियो । यस कार्यक्रमको प्रमुख अतिथि सम्माननिय सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा उद्घाटन गरि कार्यक्रम संचालन भएको थियो।उन्ले उदघाटनमा च्याउमा पानी हाली गरेका थिए । यसै बिच उनेले आफ्नो मन्तव्य राख्ने क्रममा नेपाल जडिबुटी युक्त मुलु भएर पनि जैविक उत्पादन गर्नमा चुकेको बताएका छन् । उनले च्याउ महोत्सव मनाई रहदा आज कृषी प्रधान देशमा विदेश बाट कृषी सामाग्री निर्यात गदा नेपालका कृषिकहरुले उचित स्थान नपाएको समेत बताएका छन्। यसैगरी सभामुखले च्याउ दिवसलाई राष्ट्रिय च्याउ दिवस घोषणा गर्नु पर्ने मा जोड दिएका छन्। उनले कृषकहरुलाई प्रोत्साहन गर्दै च्याउ खेतीलाई निरंतरता दिन सम्म आग्रह गकृषकहरुलाई आग्रह गरेका छन् ।

त्यसै गरि , मैदानमा कन्ये, सीइताइके, गोब्रे, मिल्की, ब्लक स्वइस्टर, डल्ले, राजा, रातो लगायत थरीथरीका च्याउ प्रदर्शन गरिएको छ । त्यहाँ च्याउ बेच्ने व्यवसायी र खरिद गर्ने ग्राहकको भिड बढि मात्रमा रहेको थियो ।

आइतबार च्याउ दिवसको अवसरमा च्याउ उत्पादक किसान संघले नेपालले एक दिने ‘च्याउ मेला तथा परिकार महोत्सव’ आयोजना गरेको थियो । सोही महोत्सवमा भेटिकी एक हुन् सौरबा नाइदू । बजारमा नियमित रुपमा दुई/तीन थरीमात्रै च्याउ देखेको उनले बताइन् । ‘महोत्सवमा धेरै प्रकारको च्याउ र परिकार देखियो,’ उनले भनिन्, ‘बजारमा दुई–तीन थरी मात्रै देखेको थिएँ ।’

च्याउ महोत्सवमा मूल्य पनि केही कम परेको उनले सुनाइन् । ‘बाहिर एक प्याकेटको १ सय ५० रुपैयाँ पर्थ्यो,’ उनले भनिन्, ‘यहाँ १ सय ४० रुपैयाँ पर्ने रहेछ ।’

महोत्सवमा देशभरका करिब १५ सय च्याउ व्यवसायीको उपस्थिति रहेको थियो । व्यावसायिक रुपमा च्याउ खेती गरिँदै आए पनि च्याउको विषयमा यसरी मेला नै आयोजना गरी आम मानिसलाई बुझाउन पाउँदा व्यवसायमा थप टेवा पुग्ने व्यवसायीले आश गरेका छन् । आफूले उत्पादन गर्दै आएका च्याउ मेलामार्फत आम मानिसलाई देखाउन पाउँदा खुसी लागेको च्याउ बीउ कृषी फार्म बिजय साप्कोटाले बताएका छन् ।

‘पछिल्लो समय च्याउको माग राम्रो राम्रो रको’ उनले बताएका छन्। ‘तर प्रचार प्रसारको कमीले आम मानिसले विभिन्न च्याउको परिकारबारे जानकारी नै पाएका छैनन्, आज यो मेलामार्फत केही जानकारी दिन पाउँदा उनी लगायत टिमहरु नै खुशी रहेको उनले बताएका छन् ।

च्याउ मेलाले उत्पादक र उपभोक्ताबिच भेटको अवसर मिलाएको शुभ विजय कृषी फार्मका संचालक विजय साप्कोटाले बताएका छन् ।
७ थरी च्याउको परिकार

महोत्सवमा च्याउबाट बन्ने विभिन्न परिकारको स्वादसमेत अवलोकनकर्तालाई निःशुल्क चखाएको च्याउ उत्पादक किसान संघ नेपालका केन्द्रीय कोषाध्यक्ष विनोद पौडेलले बताए । मसरुम पकौडा, मसरुम सुप, मसरुम फ्राइ, मसरुम साँधेको, मसरुम मःमः लगायतका परिकार महोत्सवमा थिए ।

सो मेला करिब ३ हजार जनाले अवलोकन गरेका छन् । च्याउ, च्याउको बिउ, च्याउ उत्पादन गर्न आवश्यक सामग्री लागायत ३० वटा स्टल रहेको पौडेलले उल्लेख गरे । च्याउ दिवसको अवसरमा पहिलो पटक आयोजित एक दिने महोत्सवलाई आगामी वर्ष पनि निरन्तरता दिने आयोजकले जनाएको छ ।

सरकारलाई मागपत्र पेस

च्याउ किसानको पेसागत सुरक्षा, संरक्षण, जीवनस्तरमा सुधार ल्याउन भन्दै संघले १९ बँुदे मागपत्र सरकारलाई पेस गरेको छ । सात वटै प्रदेशबाट व्यावसायिक रुपमा च्याउ उत्पादन गरिरहेका किसान, विज्ञहरु र च्याउसँग सरोकार राख्नेहरुसँग छलफल गरी सो मागपत्र तयार गरिएको संघले जनाएको छ ।

माग पत्रमा पुस १५ लाई राष्ट्रिय च्याउ दिवस घोषणा गरी वार्षिक क्यालेन्डरमा सूचीकृत गरिनुपर्ने, राष्ट्रिय च्याउ विकास तथा अनुसन्धान केन्द्र स्थापना गर्न, रैथाने च्याउको अनुसन्धान गरी रैथाने च्याउको व्यावसायिक खेती गर्न, नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयनमा तीनै तहका सरकारमा च्याउ किसानहरुको अनिवार्य सहभागिता गराउने, च्याउका लागि आवश्यक मूलबिउ उपलब्धता र यसको व्यवस्थापन राज्यबाट नै गरिनु पर्ने लगायतका विषय समावेश गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP