शुक्रबार , असार २०, २०८२
डाक्टर र धनुषा मानव अधिकार आयोगको प्रमुख मन्जु खतिवडालाई कार्वाहिको माग गर्दै मानवअधिकार आयोग अगाडी आरतीका माईती पक्ष आन्दोलनमा – Yuwa Daily

आरती साह संघर्ष समितिले मानव अधिकार आयोग अगाडि विरोध प्रदर्शन गरेको छ । आरती शाहका लागि न्याय माग्दै आयोग पुगेको समितिको ध्यानाकर्षण पत्र आयोगले लिन नमानेको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।


साहको न्यायको लागि लड्दै आएका आफन्तहरू आज २०७ दिन आइपुग्दा पनि न्याय पाउन सकेका छैनन् । साहका आफन्तसँगै समर्थनमा आएका प्रदर्शनकारीहरूले पत्र च्यातेर विरोध प्रदर्शन गरेका छन् । ललितपुरको पुलचोकस्थित आयोगको अगाडि केही बेर बसेर विरोध जनाएका थिए।

धनुषाको मिथिला बिहारी नगरपालिका–३ मिथिलेश्वर मौवाही घर भई जनकपुरधाम–९ थापा चोकमा रहँदै आएकी २२ वर्षीय आरती साहको मृत्यु भएको थियो । उनको दाइजोका कारण हत्या गरिएको माइतीपक्षको आरोप छ ।

आरती साहको माइती पक्ष विगत केही दिन यता न्यायको माग गर्दै जनकपुरधाम र दुवै ठाउँमा विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP