शुक्रबार , असार २०, २०८२
सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने – Yuwa Daily

सामाजिक सुरक्षा कोषले ठुला आयोजनाहरूमा लगानी गर्ने भएको छ । अर्बौ रुपैयाँ लगानी योग्य रकम रहेको कोषले जलविद्युत क्षेत्र लगायतका ठुला आयोजनामा लगानी गर्ने भएको हो ।

कोषले हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) सँग लगानी सहकार्यको सम्झौता गरेको छ ।

आज उर्जा जलस्रोत तथा सिँचार्य मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलको उपस्थितिमा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र एचआईडीसीएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अर्जुन प्रसाद गौतमले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा दुवै पक्ष आ–आफ्नो प्रचलित नीति, नियमत तथा निर्णयको अधीनमा रही जलविद्युत तथा अन्य नवीकरणीय ऊर्जाको विकास, प्रसारण तथा वितरणसँग सम्बन्धित आयोजनाहरूमा सहवित्तीयकरणमा सहभागी भई ऋण लगानी गर्ने र अन्य साझेदारी गर्ने लगायतका विषय उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP