
यो तस्बिर बाजुरा जिल्ला त्रिबेणी नगरपालिका छतारा २ ,स्थिति श्रि त्रिभुवनेश्वरि माध्यमिक विद्यालका शिक्षकको हो । विद्यालय आसपास नेटवर्क नचले पछि उनी विद्यालयको काम गर्न यसरि अग्लो डाँडामा गएर बसि रहेका छन् । यो समस्या बाजुराको त्रिभुवनेश्वरि माध्यमिक विद्यालको मात्र नभई यस जिल्ला बासिहरुकै रहेको छ। गाँउ गाँउमा सिहं दर्वार पुग्यो भनेर भाषण गर्ने नेताले यो समस्या भने अहिले सम्म समाधान गर्ने भने सकेका छैनन् । नेटवर्ककै कारण बाजुराका धेरै विद्यार्थीहरुको भविष्य अन्धकारमा धकेली रहेको छ। उनीहरुले अन्लाई बाट हुने पढाई पढ्न नपादा र पढ्नकै लागि घरबाट सयौं कोष टाढा जानु पर्ने बाध्यात्मक अवस्था रहेको छ। यति बेला बाजुरामा नेटवर्क नचल्दा विद्यार्थी लगायत शिक्षकलाई सास्ति खेप्नु परेको छ।



