शुक्रबार , असार २०, २०८२
क्यान्सर पिडितका लागि गरिन सुप्रियाले कपाल दान – Yuwa Daily

काठमाडौं : जाजरकोट कुशे गाउँपालिका वडा न ४ कि सुप्रिया लक्ष्मि शाहीले क्यान्सर पिडितका लागि कपाल दान गरेकि छिन । शाहीले साेमबार सामाजिक संजाल फेसबुक मार्फत आफुले कपाल दान गरेकाे कुरा सार्वजनिक गरेकि छिन : शाहिले भनेकि छिन :-“यो निर्णय सम्म पुग्न त्यति सजिलो विल्कुलै भएन।सामाजिक प्राणीका रुपमा जन्म लिएपछि यो निर्णयका लागि धेरै आफै भित्रको प्रश्नको सामना आफैले गर्नु पर्यो ।मैले मेरो मनलाई जिते ।

म मेरो यो निर्णय बाट एकदमै खुसि छु । विभिन्न रोग र हिंसा, विशेष गरि क्यान्सरबाट पिढीत आमा -बुबा, दाजु-भाई,र दिदीबहिनीहरुले आफ्नो कपाल गुमाउनु भएको छ ।मैले उहाँहरुको पिडा देखेको छु!
धेरै केहि गर्न नसके पनि म केहि पल, केहि छिन उहाँहरुको साथमा उभिन चाहन्छु। संग संगै एक नारीको सैन्दर्यलाई हेर्ने पुरातनबादी आँखाहरुमा पनि केहि परिवर्तन भएको हेर्न चाहन्छु ।”

“म मेरो कपाल, अनुहार र लुगाले मलाई सुन्दर देख्ने जमातलाई “कपाल नहुदा मलाई कस्तो देख्नु भयो?” प्रश्न गर्न चाहन्छु। मैले मेरो कपाल क्यान्सर पिढितका लागी दान गरेको छु ।” शुप्रिया शाही उमेरले सानै भय पनि बिगत लामाे समय देखि सामाजिक सेवामा समर्पित देखिन्छन् ।

बिगतका बर्षहरुमा काेभिड र भुकम्प पिडितका लागि विभिन्न अभियान संचालन गरि सामाजिक कार्यमा टेवा पुर्‍याउदै आयकि शाहि अहिले काठमाडौं कानुन बिषय लियर अध्यन गरिरहेकि छिन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

“सँगै सधैंका लागि”द्वारा मकैको खोस्टाबाट फूल बुके बनाउने ५-दिने तालिम सुरु – स्थानीय महिलाहरूको आत्मनिर्भरता अभिवृद्धि गर्दै

केही गर्नु छ देशका लागि गित बाट तेस्रो राष्ट्रिय संगीत अवार्ड २०८२मा श्रीकान्त राणा क्षेत्री सम्मानित

‘देवी माध्यमिक विद्यालय सिन्धुपाल्चोकमा ‘सगै सधैका लागि’ संस्थाद्वारा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

पढाइसँगै बहुप्रतिभाका धनी: SEE टपर प्रश्मिन चौलागाईं

“हामी बनाउँछौं हाम्रो वडा“:- चौरीदेउराली गाउँपालिका–६ कात्तिके देउरालीमा विकास अभियानको नयाँ चरण “

“मध्यपुर ठिमीमा माईन्युट लेखन र नेतृत्वविकास तालिम सुरु”


TOP