
लोकपप देउडा संगीतमा एकपछि अर्को उत्कृष्ट प्रस्तुति दिने सुदूरपश्चिमका चर्चित गायक चेतन बोहरा पुन: श्रोतामाझ नयाँ सांगीतिक कोशेली लिएर आएका छन्। ‘सुनौली कोल’ नामक यस गीतले छोटो समयमै चर्चा बटुल्दै, नेपाली सांगीतिक क्षेत्रमा उत्सुकता थपेको छ। गीतमा बोहरासँगै बिपना सिंहको सुमधुर स्वरले मायाप्रेमका भावनालाई अझ सजीव बनाएको छ।




सुशिल बोहराको उत्कृष्ट शब्द र अन्तराम बिष्ट तथा सुशिल बोहराको लय-संगीतमा तयार गरिएको ‘सुनौली कोल’ गीतले पश्चिम नेपालको देउडा संस्कृति र लोकपपको समिश्रणलाई प्रस्तुत गर्दछ। गीतमा युवा पुस्ताको माया प्रेमका तिता-ठिठा भावहरुलाई रमाइलो तरिकाले समेटिएको छ, जसले श्रोता र दर्शकलाई भावनात्मक रूपमा छुने छ।
उक्त गीतको म्युजिक भिडियो गायक चेतन बोहराकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ, जसले थप लोकप्रियता पाउँदैछ। भिडियोमा चेतन बोहरा रेश्मा बिष्टसँगै रोमान्टिक कथावस्तुमा प्रस्तुत छन्, जसले गीतको भावलाई सशक्त रूपमा उजागर गरेको छ।
यस म्युजिक भिडियोको निर्देशन गायक चेतन बोहराले नै गरेका छन्, जसले दृश्यमा माया र प्रेमका मिठा अनुभवहरूलाई पर्दामा सजीव रूपमा उतारेका छन्। दृश्यहरूमा नेपाली युवाहरूको जीवनशैली, उनीहरूको संघर्ष, र प्रेम सम्बन्धका भावनाहरूलाई गहिराइपूर्वक देखाइएको छ।
चेतन बोहराको लोकपप शैलीले नेपाली सांगीतिक क्षेत्रमा फरक पहिचान बनाउँदै आएको छ। उनले गीतहरूमा परम्परागत देउडा भाकालाई नयाँ पुस्ताको रुचिअनुसार पप शैलीसँग मिश्रण गरी प्रस्तुत गर्दा, उनका गीतहरू सांगीतिक प्रेमीहरूका लागि सधैं खास हुने गरेका छन्।
‘सुनौली कोल’ गीतले पनि बोहराको सांगीतिक यात्रामा अर्को सफलता थप्ने संकेत देखाएको छ। विशेष गरी सुदूरपश्चिमका र युवापुस्ताका श्रोताले यसलाई अत्यन्त रुचाएका छन्।
पूरा भिडियो हेर्नुहोला
लोकपप गायक चेतन बोहराको नयाँ सांगीतिक प्रस्तुति ‘सुनौली कोल’ सार्वजनिक, बिपना सिंहको साथमा माया प्रेमको कथालाई उजागर गर्ने म्युजिक भिडि