काभ्रेको विभिन्न स्थान बाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार, ९४ जननको उद्धार करिब १ सय ५० यात्रुहरुलाई हेलिकप्टरमार्फत खाद्य राहत सामग्री बितवरण




बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट प्रभावितलाई काभ्रेमा उद्धार जारी रहेको छ । काभ्रेको विभिन्न स्थानमा बाढी र पहिरोबाट प्रभावितको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार कार्य जारी रहेको छ । हालसम्म ८६ जनाको उद्धार गरिएको छ । काभ्रे कोशीपारि चौरीदेउराली गाउपाका रोशी गाउपालीका ,पनौती नगरपालिका भुङ्लुङ गाउवालीका गरि हालसम्म ९४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकाहरुको अहिले जिल्लास्थित धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट जिल्लामा अहिलेसम्म १९ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार, विपद्मा परी जिल्लाका विभिन्न स्थानमा १९ जना बेपत्ता भएका छन् । विपद्जन्य घटनाका विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् ।
विपद्मा फसेकाहरुलाई उद्धारका लागि जिल्लास्थित नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस खटिरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले जमनकारी गराएका छन् । बिरामी, अशक्त र वृद्धवृद्धालाई पहिलो प्राथमिकतामा राखेर उद्धार कार्य भइरहेको जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले जानकारी दिए ।
नेपाली सेनाको हेलिकप्टरमार्फत विपद् प्रभावितहरुको उद्धारसँगै खाद्यान्न राहत सामग्री पनि वितरण भइरहेको प्रमुख सेनानी प्रकाशबहादुर सिंहले बताएकाछन् । उनका अनुसार, बीपी राजमार्गको विभिन्न स्थानमा सडक सम्पर्कविच्छेद भएपछि राजमार्गमा अलपत्र परेका करिब १ सय ५० यात्रुहरुलाई धुलिखेलबाट हेलिकप्टरमार्फत खाद्य राहत सामग्री पठाइएको छ ।